काठमाडौं, लागूऔषधको कुलतमा फसेका एक युवकले पुनर्जीवन मात्र पाएनन् अरू दुव्र्यसनीलाई पनि बचाउने अभिभारा लिएका छन् ।
भरतपुर माडीका २७ वषर्ीय ढाकाराम लामिछाने यतिबेला दुव्र्यसनीको लागि पुनर्जीवन दिन काम गर्ने संस्था नारर्कोननका मेडिकल अधिकृत बनेका छन् ।
भरतपुर मेडिकल कलेजमा डाक्टरी पढ्दा-पढ्दै कुलतमा फसेका लामिछाने उपचारका लागि त्यहाँ भर्ना भएका थिए । उनले उपचारपछि पुनर्जीवन पाएर अधुरो रहेको एमबीबीएसको पढाइसमेत पूरा गरे ।
राजधानीको गि्रन भ्यालीमा १२ कक्षा सकेपछि भरतपुर मेडिकल कलेजमा भर्ना भएका थिए । 'एकदिन साथीको दबाबमा चुरोट खाएँ,' उनी आफू दुव्र्यसनमा फस्नुको अनुभव यसरी सुनाउँछन्- 'साथीहरूले टि्रप दिन्छ भनेर फकाएपछि पहिलो पटक चुरोटबाट लागूऔषध सेवन गरें ।'
उनी संगतका कारण आफू दुव्र्यसनमा फसेको बताउँछन् । 'पछिपछि त गोजीमा चुरोट र गाँजा नभएको क्षण शरीरको अंग कतै बिर्सिए झै लाग्न थालेको थियो,' उनले सुनाए ।
घर छाडेर डेरामा बसी डाक्टरी पढिरहेका लामिछाने कुलतका कारण कक्षामा महिनाको १/२ दिनमात्र हाजिर हुन थाले । पढाइबारे बुझ्न र नाति भेट्न कलेज पुगेका हजुरबा रुँदै घर फर्केका थिए । त्यसपछि उनी कलेज छाडेर घर गए ।
'रक्सीको त के कुरा,' उनले सम्भिmए- 'गाँजा भरेर दिनमा ३२ वटासम्म चुरोट खाइयो ।' त्यसपछि उनको बानी सुधार्न करिब चार महिनाअघि परिवारले उनलाई त्यहाँ पुर्*याएका हुन् । अहिले उनी डिप्लोमा कोर्ष गर्दै छन् ।
संस्था प्रमुख वसन्त कुँवरका अनुसार लामिछने जस्तै ५४ जना दुव्र्यसनी लत छुटाउने 'कोर्ष' का विद्यार्थी छन् ।
संस्थाकाअनुसार नेपालमा करिब १ लाख ५० हजार लागूऔषध सेवन गरिरहेका छन् । तीमध्ये १४ देखि १६ वर्षका बढी छन् । स्कुलेदेखि कलेजसम्मको विद्यार्थीको संख्या १ लाख ७ हजार र महिलाको संख्या २४ हजारको हाराहारीमा छ ।
Source