बिरामीको मृत्युमा अस्पताल दोषी’
दमक, भदौ ३१ - महिना दिनअघि लाइफलाइन अस्पतालमा एक बिरामीको मृत्यु र त्यसपछिको घटना हुनुमा अस्पताल दोषी रहेको जनाइएको छ । घटनाको छानबिन गर्न गठित समितिले प्रतिवेदन सार्वजनिक गर्दै अस्पतालका स्वास्थ्यकर्मीलाई बिरामीसँग गर्ने व्यवहार सुधार्न सुझाव दिइएको छ । क्ष्ामताअनुसार स्वास्थ्यकर्मी नहुनु, मुर्दाघर नहुनु, बिरामी र कुरुवालाई रूखो व्यवहार गरिएकाले लाइफ लाइन घटना भएको प्रतिवेदनमा उल्लेख छ ।
गत साउन ३२ मा राति इलाम बाँझो-२ की कमला राईको उपचार क्रममा मृत्यु भएपछि डाक्टरको लापरबाही भन्दै आक्रोशित भीडले अस्पताल तोडफोड गरेको थियो । समितिले अस्पतालको साढे ३ लाख रुपैयाँ क्षति भएको मूल्यांकन गरेको
छ । त्यो क्ष्ाति कसले बेहोर्ने भन्ने प्रतिवेदनमा उल्लेख छैन । अस्पतालले क्ष्ाति आझै बेहोर्नु भनेको दोषी ठहराइएको औंल्याउँदै समितिका एक सदस्यले भने- 'सीधै दोषी देखाउँदा पब्लिक प्रपर्टी खत्तम हुन्छ भनेर घुमाउरो भाषा राखिएको हो ।'
समितिले मृतकका परिवारलाई क्ष्ातिपूर्तिबापत अस्पतालले २५ हजार रुपैयाँ तिर्नुपर्ने, मृतकका श्रीमान् बिर्खलाई रोजगारीको व्यवस्था गरिदिनु पर्नेलगायत निक्र्योल गरेको छ । राईको मृत्यु हुने बित्तिकै स्वास्थ्यकर्मीले शव हटाउन दबाब दिएका कारण भोलिपल्ट तोडफोड भएको प्रतिवेदनमा उल्लेख छ । 'शव बाहिर लैजान आफन्त पनि रहनेछन्,' एक सदस्यले भने- 'अस्पतालमा तिर्ने पैसा पनि रहेनछ । मुर्दा घर भए शव त्यहाँ राखेर आफन्तलाई सहानुभूति दिन सकिन्थ्यो ।' संयोजक दमक नगरापलिकाका कार्यकारी अधिकृत पशुपति खतिवडाले अस्पतालले क्ष्ामताअनुसारको जनशक्ति र भौतिक पूर्वाधार तयार नगरे पुनः यस्तो घटना दोहोरिने बताए । '५० शय्याको स्विकृति लिएपछि त्यही किसिमको व्यवस्थापन हुनुपर्छ,' खतिवडाले भने- 'अस्पतालले त्यो पूर्वाधार पूरा गरेको देखिएन ।' उनले अस्पतालको सुरक्ष्ाा अवस्थाबारे स्थानीय प्रशासनले बारम्बार जानकारी गराउन आग्रह गरे । 'आफ्नो सञ्चालन विधि स्थानीय निकायलाई पनि जानकारी गराउनु राम्रो हुन्छ,' खतिवडाले भने । मृत्युको विषयमा स्वास्थ्यकर्मी र अस्पतालमाथि आक्रमण हुनु निन्दनीय भएको प्रतिवेदनमा उल्लेख छ ।