थुप्रै नेपाली मानसिक उपचार सेवाबाट वञ्चित
ललितपुर, अन्दाजी ३५ वषर्ीया महिला उपचारका अभावमा ललितपुरको सडकपेटीमा बर्बराएर हिँड्न बाध्य छिन् । उनी मानिस हुन् तर सही उपचार र पुनःस्थापनाको अभावमा समाजबाट जनावरको जस्तै व्यवहार पाउन विवश छिन् । नेपालमा मानसिक उपचार सेवा प्रभावकारी, सस्तो र गुणस्तर हुनसकेको छैन, तर उनीजस्तै थुप्रै नेपालीले मानसिक उपचारसेवा पाउन सकेका छैनन् । मानसिक रोगीहरू समाजबाट मात्र हैन आफ्नै घरपरिवारका सदस्यबाट अपहेलित भएका छन् । यस्ता बिरामीलाई परिवारको माया, ममता, सद्भावको ठूलो खाँचो पर्छ तर यिनीहरू यस्तै व्यवहारबाट वञ्चित छन् । कतिपय उपचारका लागि अस्पतालमा ल्याइए पनि उनीहरूलाई अस्पतालमै छोडिदिने प्रवृत्ति बढेको छ । नवलपरासीका १७ वषर्ीया एक किशोरी यतिबेला मानसिक अस्पताल ललितपुरमा छिन् । अभिभावक नभएकाले नै अस्पतालले उनलाई नछोडेको हो । रामेछापकी एकजना विवाहित महिला श्रीमान्बाटै अस्पतालमा छोडिइन् । अस्पतालले चार महिनासम्म उपचारपछि उनलाई घर फर्कायो । यसरी अस्पतालमै छाडिनेमा पनि महिला बढी रहेको अस्पतालले जनाएको छ । कतिपय यस्ता मानसिक बिरामी हुन्छन्, जसलाई लामो समयसम्म औषधि खानर्’पर्ने हुन्छ । औषधि नियमित खाए मानसिक रोग ठीक हुने भएकाले अभिभावकले यस्ता बिरामीको ख्याल गर्नुपर्ने सल्लाह चिकित्सकहरू दिन्छन् । त्यसो त नेपालमा करिब साठी लाख मानिस कुनै न कुनै मानसिक रोगले पीडित भएको मानसिक अस्पताल, ललितपुरद्वारा प्रकाशित मानसिक स्वास्थ्य पुस्तिकाले देखाएको छ ।
नेपालमा मादक पदार्थको कुलत या दुर्व्यर्सनी तीन-पाँच प्रतिशत, उदासपना छ प्रतिशत, सुस्तःमनस्थिति तीन प्रतिशत, सामान्य मानसिक रोगी १० प्रतिशत छन् । थुपै बिरामीले उचित परामर्श पाएका छैनन्, न त सहज उपचारसेवा नै । बझाङबाट उपचारका लागि मानसिक अस्पतालमा आएकी एकजना महिलाले काठमाडौँ आउँदा मात्रै रु. १० हजार भाडा लाग्ने गरेको बताउन’भयो । "आउँदामात्रै रु. १० हजार लाग्छ । फेरि उपचार गराउन पनि काठमाडौँबाहेक अर्काे ठाउँ छैन । नजिकमा अस्पताल भए कति सजिलो हुन्थ्यो"-उहाँले भन्नुभयो । नदेखिने तर ठूलो असर पार्ने मानसिक रोग विगतको द्वन्द्वले पनि बढाएको छ । विश्वव्यापी मान्यताले द्वन्द्वप्रभावित जनसङ्ख्यामध्ये करिब १० प्रतिशतमा मानसिक रोगी फेला परेको छ, तर यस्तो संवेदनशील स्वास्थ्यप्रति सरकारले कम चासो देखाउने गरेको छ । नेपालको मानसिक स्वास्थ्यसेवालाई प्रभावकारी र भरपर्दाे बनाउन सरकारले उचित ध्यान दिनर्ुपर्ने मानसिक अस्पतालका निर्दर्ेशक डा. कपिलदेव उपाध्याय बताउनुहुन्छ । अस्पतालमा प्रतिदिन नयाँ र पुराना गरी करिब एकसयजना बिरामी आउने गरेका छन् । पोहर सालमात्रै अस्पतालले ओपीडीमा करिब २३ हजार जनाको स्वास्थ्य परीक्षण गरेको थियो । उपचार गरिएकामध्ये २८९ जना महिलासहित ७५६ जना रहेको डा. उपाध्याय जानकारी दिनुहुन्छ ।