औषधि आयात बन्द
काठमाडौं, भदौ ६ - औषधि व्यवसायीले बुधबारदेखि आयात बन्द गर्नुका साथै स्वदेशी उत्पादकबाट औषधि खरिद गर्न छाडेका छन् । मुलुकमा कुल औषधि खपतको करिब ६५ प्रतिशत आयात गरिन्छ भने ३५ प्रतिशत औषधि स्वदेशमै उत्पादन गरिन्छ । नेपाल औषधि व्यवसायी संघले दोस्रो चरणको विरोध कार्यक्रमअन्तर्गत उक्त निर्णय गरेको हो । औषधि व्यवसायीहरूका लागि रोकिएको तालिम पुनः सञ्चालन हुनुपर्ने, औषधिसम्बन्धी सरकारी नीति नियम उपभोक्ता हितमा हुनुपर्ने, औषधि सर्वसाधारणको पहुँचमा हुनुपर्ने मागसहित औषधि व्यवसायीहरू संघर्षमा ओर्लेका छन् ।