आँखा पाक्ने प्रकोप
अतुल मिश्र
काठमाडौं, भदौ ३ - त्रिपुुरेश्वरस्थित नेपाल आँखा अस्पतालमा दुुई सातायता जँचाउन आएका बिरामीमध्ये साठी प्रतिशतभन्दा बढी आँखा पाक्ने रोगबाट प्रभावित दे खिएका छन् ।
आँखा बिझाउने, रातो हुुने, आँसुु आउने, कचेरा निस्किने, डिल सुुन्निने, उज्यालोमा अप्ठ्यारो हुुने र सामान्य ज्वरोसमेत आउने लक्षणसहितका आँखाका रोग बढ्दै गएको अस्पतालले जनाएको छ ।
आँखा अस्पतालमात्र नभई तिलगंगा आँखा केन्द्र, बीपी कोइराला नेत्र अध्ययन केन्द्र, काठमाडौं मेडिकलकलेजको आँखा विभागमा पनि आँखा पाक्ने रोगबाट ग्रस्त बिरामीको संख्या बढ्दो छ ।
'आँखा पाक्ने रोग प्रकोपकै रूपमा देखिएछ,' नेपाल आँखा अस्पतालका निर्देशक डा.आदित्य रिजाल भने- 'आँखा जँचाउनेमध्ये ६० प्रतिशतभन्दा बढीमा यो समस्या दे खिएको छ ।'
गत वर्ष यो रोग धेरै कम देखिएको थियो । २०६२ सालमा निक्कै फैलिएको थियो । सामान्यतया एक सातापछि आफैं निको हुुन्छ ।
'अस्तिमात्र एकै परिवारका सबै ६ जना सदस्य प्रभावित उपचार गर्न आएका थिए,' तिलगंगा आँखा केन्द्रकी डा. इन्दिरा पौडेलले भनिन् ।
यो सरुवा रोग हो । सम्पर्कबाट यो सर्ने चिकित्सकहरू बताउँछन् । 'यो धेरै संक्रामक हो, चाँडै एकबाट अर्कोमा सर्छ,' काठमाडौं मेडिकल कलेज नेत्र विभागका प्रमुुख प्रा.डा. ओमकृष्ण मल्लले भने । रोग प्रतिरोध क्षमता बढी भएका व्यक्तिमा यो रोग निको हुुन एक साता लागे पनि कसैलाई दुुई साता लाग्न सक्छ । स्कुुले विद्यार्थीमा संक्रमण देखिए स्कुुल नपठाउनसमेत चिकित्सकहरू आग्रह गर्छन् । डा.मल्ल भन्छन्- 'यस्ता विद्यार्थीहरूलाई स्कुुलमा एक साताको छुुट्ट िदिनुुपर्छ ।' चिकित्सकहरू संक्रमित आँखालाई चिलाउनुु नहुुने बताउँछन् । यस्तै संक्रमित व्यक्तिबाट अन्यमा रोग सर्न नदिन पटकपटक हात साबुुन पानीले धुुनुुपर्ने बताउँछन् । भाइरल कन्जविइटिसबाट वाच्न संक्रमित व्यक्तिले उपयोग गर्ने सामानलगायत उसको सम्पर्कमा नआउनुु नै बचाउको मुुख्य उपाय हो ।