आँखा अस्पताल सातादेखि बन्द
कास्की, साउन १६ - हिमालय आँखा अस्पताल पोखरामा एक सातादेखि आकस्मिक बाहेकका सेवा बन्द भएको छ । सेवा बन्द हुँदा आँखाका बिरामीले हैरानी बेहोनर्ुपरेको छ ।
पेसागत हकहितका मागसहित गत बुधबारदेखि आन्दोलनरत कर्मचारी र अस्पताल सञ्चालक समितिबीच सहमति नहुँदा अस्पतालका सबै सेवा सुचारु नभएको हो ।
अस्पताल खुलाउन नेत्र ज्योति संघ केन्द्रीय समितिका अध्यक्ष डा. रामप्रसाद पोखरेल र आई कियर वल्र्डवाइडका नेपाल प्रतिनिधि अनिल गोर्खाली बुधबार मध्याह्नदेखि वार्तामा बसे पनि रातिसम्म सहमति हुन सकेको छैन ।
आन्दोलनरत कर्मचारीले ३० सूत्रीय माग राखेका छन् । ती मागमध्ये कतिपय पूरा गर्न नसक्नेखालका रहेको वार्तामा बसेका एक चिकित्सकले बताए ।

