वीर अस्पतालको गुणात्मक विकासमा जोड
गोरखापत्र समाचारदाता
काठमाडौँ, साउन १३ गते । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री गिरिराजमणि पोखरेलले आधुनिक चिकित्साको इतिहास बोकेको वीर अस्पताललाई निरन्तरता दिन अस्पतालको गुणात्मक विकासका लागि बहस चलाउनर्ुपर्छ भन्नुभएको छ । वीर अस्पतालको ११८औँ वाषिर्कोत्सवको अवसरमा मन्त्री पोखरेलले सो कुरा बताउनुभएको हो । संस्थाहरू इतिहास कायम गर्ने क्रमसँगै मृत्युको मुखमा पुग्ने गरेको उदाहरण प्रस्तुत गर्दै मन्त्री पोखरेलले भन्नुभयो- "वीर अस्पतालले मृत्युको प्रक्रियालाई जित्दै जीवन्तता दिनसक्छ कि सक्दैन, बहसको विषय बन्नर्ुपर्छ ।" वीर अस्पतालको इतिहासलाई गुणात्मक रूपले अगाडि बढाउन अस्पतालको २० वर्षो योजना हामीसँग हुनर्ुपर्छ, इतिहासको व्याज खाएर मात्र कुनै संस्था चल्न सक्दैन- मन्त्री पोखरेलले भन्नुभयो । केही वर्षता स्वास्थ्य क्षेत्रमा भएका प्रगतिको समीक्षा गर्ने काम मन्त्रालयमा भइरहेको जानकारी दिँदै उहाँले स्वास्थ्य क्षेत्रको नयाँ नीति निर्माण गर्ने क्रममा र्सार्कक्षेत्रमै नेपाल छनोटमा परेको बताउनुभयो । मन्त्रालयले निर्माण गरेको तीनवर्षो स्वास्थ्य नीति कार्यान्वयनको प्रक्रिया अघि बढेको जनाउँदै वीर अस्पताल नमूना शैक्षिक संस्थाका रूपमा अगाडि बढ्नुपर्नेमा जोड दिनुभयो । चिकित्सकहरूको अरुचिका कारण दर्ुगम क्षेत्रमा स्वास्थ्य कार्यकर्ता पठाउन नसकेको भन्दै व्यक्तिगत जीवन सोचेर राष्ट्र अगाडि बढ्दैन, त्यसका लागि हरेक पेसामा लागेकाहरूले आफ्नो पेसालाई राष्ट्र निर्माणको साधनका रूपमा लिएर सहयोग गर्नुपर्छ- मन्त्री पोखरेलले भन्नुभयो । अहिले हामी सङ्क्रमणकालमा छौँ, यस अवस्थामा स्वास्थ्य क्षेत्रमा नयाँ नेपाल निर्माण गर्ने दायित्व वीर अस्पतालले लिनर्ुपर्छ भन्दै उहाँले व्यक्तिगत स्वार्थ त्यागी प्राकृतिक प्रकोप र बाढीग्रस्त क्षेत्रमा गएर स्वास्थ्य सेवा प्रदान गर्न चिकित्सकहरूलाई आग्रह गर्नुभयो । सो अवसरमा स्वास्थ्य मन्त्रालयका सचिव रामचन्द्रमान सिंहले मन्त्रालयको बेरुजुको ठूलो भाग वीर अस्पतालले बोकेकोे उल्लेख गर्दै अस्पतालको देशभर छरिएर रहेको सम्पत्ति एकत्रित गर्न अस्पताल लागिपरोस्, त्यसका लागि मन्त्रालय सहयोग गर्न तयार छ भन्नुभयो । वीर अस्पतालका निर्देशक डा. दामोदरप्रसाद पोखरेलले अस्पतालको क्रियाकलाप र प्रगतिका बारेमा जानकारी गराउँदै गत साल अस्पतालले करिब चार लाख बिरामीको उपचार गरेको जानकारी दिनुभयो । जसमध्ये बहिरङ्ग विभागबाट तीन लाख ३० हजार ८६६ र आकस्मिक शाखाबाट ५१ हजार १०६ बिरामीको उपचार गरिएको बताउनुभयो । तीन सय शय्याको अस्पतालमा हाल ४५८ वटा शय्यामार्फ सेवा सञ्चालन गरेको जनाउँदै डा. पोखरेलले ३४० जनरल बेडमा भर्ना रहने विरामीहरूलाई विभिन्न अनुसन्धानात्मक परीक्षण शुल्क, खाना, आवश्यक औषधि, अपरेसन आदि सबै सेवा निःशुल्क प्रदान गरिएको बताउनुभयो । भारत सरकारको सहयोगमा निर्माणाधीन दर्ुइ सय शय्याको आकस्मिक तथा ट्रमा सेन्टर सञ्चालनमा आइसकेपछि जनताले आशा गरे अनुसारको सेवा प्रदान गर्न र दक्ष चिकित्सा सेवा विस्तारको अतिरिक्त स्वास्थ्यसम्बन्धी अनुसन्धान गर्न टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । अस्पतालमा विद्यमान हालको आईसीयू एवं सीसीयूलाई सीसीयूमा परिवर्तन गरी १५ शय्याको नयाँ आईसीयू कक्ष सञ्चालन गर्ने क्रममा निर्माणकार्य पूरा भइसकेको र आईसीयूमा आवश्यक औजार खरिद गरेर जडान भएलगत्तै सेवा सञ्चालन गरिने पनि उहाँले बताउनुभयो । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानका उपकुलपति डा. विश्वराज दलीको सभापतित्वमा सम्पन्न सो समारोहमा मन्त्री पोखरेलले अस्पतालका २५ वर्षसेवा अवधि पूरा गरेको कर्मचारी र चिकित्सकहरूलाई पुरस्कार तथा सम्मान प्रदान गर्नुभएको थियो । सो अवसरमा उहाँले अस्पतालको स्मारिका विमोचन गर्नुभयो ।

