अस्पतालको हेलचत्रmयाइँले मृत्यु’
कास्की, साउन २ - मणिपाल अस्पताल पोखरामा बुधबार मृत्यु भएकी एक युवतीका परिवारले उपचारमा हेलचत्रmयाइँ भएको आरोप लगाएका छन् ।
पृथ्वीनारायण क्याम्पसकी २६ वषर्ीया निर्जला पौडेलको निधन भएको हो । सिर्जनाचोकस्थित फेवासिटी अस्पतालका डा. बुद्धिबहादुर थापाले पौडेललाई सघन उपचार कक्षमा राखी उपचार गराउन मंगलबार उक्त अस्पताल पठाएका थिए । तर मणिपालले सामान्य वार्डमा राखेर उपचार गराएको मृतकका आफन्तले बताए ।
'मणिपालले आईसीयूमा राखेर उपचार गराउने भने पनि रातभर सामान्य वार्डमा राखे, डाक्टर पनि हेर्न आएनन्,' मृतकका दाजु किशोरले भने- 'समयमै राम्रो उपचार नपाउँदा बिचरीले प्राण गुमाई ।'
उनले बिहान ११ बजेमात्र राउन्डमा आएका डाक्टरले हेरेका र आईसीयूमा राख्नुपर्छ भनेको केही समयपछि बहिनीको मृत्यु भएको बताए । उनी नेत्रहीन कास्कीकी सदस्य हुन् ।
लापरबाहीका कारण निर्जलाको मृत्यु भएको ठहर गर्दै आफन्तले विरोध गरेपछि अस्पतालले मृतकको नाममा अक्षयकोष स्थापनाका लागि भनी २ लाख २५ हजार रुपैयाँ दिने सहमति गरेको छ । प्रहरीको रोहवरमा अस्पताल प्रशासनले एक साताभित्र रकम दिने सहमति भएपछि आफन्तले शव बुझेका थिए । अक्षय कोषमा जम्मा हुने रकम नेत्रहीनको भलाइका लागि खर्च गरिने आफन्तले बताए । उच्च ज्वरो र पखालाबाट ग्रसित निर्जलालाई मणिपालमा विषेश उपचार गराउनुपर्ने सल्लाह गरेर आफूले रिफर डाक्टर बुद्धिबहादुर थापाले ब्ताए ।
रेविजको प्रकोप
जाजरकोट, साउन २ - रेविजको प्रकोपबाट जाजरकोटमा दुई सयभन्दा बढी बिरामी परेका छन् । त्यसमध्इे झाप्रा-४ का झुपे बस्नेत, माने टमटा, सते बस्नेतको अवस्था गम्भीर भएको स्थानीय वीरबहादुर शाहीले बताए । रेबिजबाट गाई, भेडाबाख्रा, घोडाखच्चर र भैंसी गरी दुई दर्जनभन्दा बढी पशु मरेका छन् । दह, मजकोट, कोर्तान, भुर, दसेरा, काले लगायत गाउँमा रेबिज बढी बढी देखापरेको छ ।
बिरामी अस्पताल आउन डराए
हेटौंडा, साउन २ - अन्धविश्वासले जन्डिस पीडित चेपाङहरू अस्पताल आउन डराएपछि चिकित्सक नै गाउँ गएर उपचार गर्न थालेका छन् ।
जन्डिसबाट प्रभावित राक्सिराङ-८ ठाडोचुरीस्थित चेपाङ बस्तीमा स्वास्थ्यकर्मीको टोली उपचारका निम्ति बुधबार गाउँ पुगेको हो । उपचारका निम्ति अस्पतालमा आउन उनीहरूलाई स्वास्थ्यकर्मीले अनुरोध गरेका थिए । बस्तीमा जन्डिसले तीन महिलाको मृत्यु भइसकेको छ । सोमबार गएको स्वास्थ्यकर्मी टोलीले परीक्ष्ाण गरेर १२ रोगीलाई मंगलबार उपचारका निम्ति हेटौंंडा आउन अनुरोध गरेका थिए । जन्डिस रोगीहरूलाई हेटौंंडा अस्पताल ल्याउन खोज्दा 'अस्पतालमा डाक्टरले सुई हाल्छ जाँदैनौं, गाउँमै जडिबुटी र धामीझाँक्री लगाएर रोग निको पार्छौं' भनेर उनीहरू नआएको राक्सिराङ गाविसका चन्द्रमान चेपाङले बताए । रोगीहरूलाई अस्पताल ल्याउन सोमबार गएका स्वास्थ्यकर्मी टोलीले चन्द्रमानलाई जिम्मेवारी दिएका थिए । उपचारका निम्ति ल्याउन खोज्दा कोही पनि आउन नमानेको उनले बताए ।
सैनिकसहित सयौं बिरामी
इलाम, साउन २ - 'भाइरल फिभर' को प्रकोपले ७० सैनिकसहित सयौं बिरामी परेका छन् । सदरमुकामस्थित भवानी दल गणका ७० भन्दा धेरै जवान पनि बिरामी परेका हुन् ।
अस्पताल तथा क्लिनिकहरूमा फिवरका बिरामी बढ्दै गएको स्वास्थ्यकर्मीले बताए । इलाम अस्पतालको टोलीले सैनिकहरूको उपचार गरेको थियो । रोग नियन्त्रण गर्न दुई सातासम्म लाग्ने स्वास्थ्यकर्मीहरूको भनाइ छ । जीउ, टाउको दुख्ने, रुघा लाग्ने र ज्वरो आउनेजस्ता लक्षण भाइरल फिवरको भएको चिकित्सकले बताएका छन् । फिवरका कारण एकै परिवारका सबै सदस्यसमेत बिरामी परेका छन् । सरुवा रोग भएकाले परिवारको एक सदस्य बिरामी परेपछि अरूलाई पनि रोग सर्ने इलाम अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट दयाशंकरलाल कर्णले बताए ।

