जन्डिसबाट थपको मृत्यु
हेटौंडा, असार ३२ - हेटौंडा, ३२ असार -कास०- केही दिनदेखि राक्सिराङमा फैलिएको जन्डिसबाट थप एक सुत्केरीको सोमबार मृत्यु भएको छ ।
हेटौंडा अस्पतालमा उपचाररत १८ वषर्ीया हरिमाया चेपाङको मृत्यु भएको स्वास्थ्यकर्मी हरि पौडेलले बताए । अस्पतालमा ढिला ल्याएकाले उनको मृत्यु भएको पौडलले बताए । उक्त गाउँमा फैलिएको जन्डिस रोगका कारण शनिबार दुई गर्भवतीको मृत्यु भएको थियो । उपचारका निम्ति हरिमाया र उनकी ५ दिनकी शिशुलाई आइतबार अस्पताल ल्याइएको थियो । बस्तीमा ७ घरका १५ जना जन्डिसबाट पीडित भएको स्थानीय सोमलाल चेपाङले बताए ।

