भाइरल इन्फ्लुएन्जाले बिरामी
सिन्धुली, असार ३२ - कमलामाई नगरपालिकासहित भिमान क्ष्ाेत्रका विभिन्न गाविसमा फैलिएको भाइरल इन्फ्लुएन्जाले सयौं बिरामी परेका छन् ।
ज्वरो र रुघाखोकी लागेर बिरामी भई तीनदिन यता सयभन्दा बढी उपचारका लागि भिमान स्वास्थ्य चौकीमा आइसकेका छन् ।
स्वास्थ्य चौकी प्रमुख निर्मल बरालका अनुसार पर्याप्त औषधि नभएकाले उपचारमा कठिनाइ भएको छ ।
उनले भने- 'बिरामीको चाप दिनानुदिन बढ्दो छ तर औषधि छैन ।' वषर्ामा प्रदूषित पानी खाएकाले रोग फैलिएको हुनसक्ने चौकी प्रमुख बरालले बताए । त्यस्तै हत्पते, सिर्थौली, टाडी र कपिलाकोटमा समेत भाइरल इन्फ्लुएन्जाका बिरामी बढ्दै छन् ।

