वर्षमा १६ बालिका बलात्कृत
हेटौंडा, असार ३१ - एक वर्ष अवधिमा यहाँ १६ बालिका बलात्कृत भएका छन् । साढे तीन देखि ११ वर्षसम्मका ती अधिकांश छिमेकी र आफन्तबाट बलात्कृत भएका हुन् ।
प्रहरी अनुसन्धानअनुसार कुसंगत, अश्लील फिल्म र यौन व्यवसाय सञ्चालन गर्ने होटलका केही युवा कामदारले बालिकालाई बलात्कार गरेका छन् ।
हेटौंडा नगरपालिका-१० का १८ वषर्ीय सन्तोष श्रेष्ठले रातभर अश्लील फिल्म हेरेको भोलिपल्ट साढे तीन वर्षकी बालिकालाई बलात्कार गरेका थिए । उनलाई अदालतले सात वर्ष कैदको फैसला गरेको छ ।
त्यस्तै वसामाडी गाविस-५ का १६ वर्षे सूर्य विश्वकर्माले अश्लील फिल्म हेरेको भोलिपल्ट छ वषर्ीया बहिनीलाई बलात्कार गर्ने प्रयास गरेकामा बहिनीले प्रतिवाद गरेपछि उनले हत्या गरेका थिए । अदालतले विश्वकर्मालाई सर्वस्वसहित जन्मकैद गर्ने फैसला गरिसकेको छ ।
हेटौंडा नगरपाालिका-५ का ६५ वषर्ीय त्रिरत्न चित्रकारले ११ वर्षे बालिकालाई पत्नी नभएको अवस्थामा अश्लील फिल्म देखाएर बलात्कार गरेका थिए ।
गरिबी, अशिक्ष्ाा र अभिभावकको संरक्ष्ाण अभावले बालिका बलात्कृत हुने गरेको महिला सेलकी प्रमुख रत्ना श्रेष्ठले बताइन् । बलात्कारको अयिभोगमा प्रहरीले ११ अभियुक्तलाई पक्राउ गरेको छ । बलात्कृत बालिकाहरूको हेरविचार गर्दै आएकी माइती नेपाल हेटौंडाकी प्रमुख माया लामा भन्छिन्- 'बलात्कार गर्नेलाई समाजले बहिष्कार गर्नुपर्छ र राज्यले कडा कारबाही गर्नुपर्छ ।'
ki kaso??
