जन्डिसबाट मृत्यु
हेटौडा, असार ३१ - जन्डिस लागेका दुई गर्भवतीको समयमा उपचार नहुँदा मृत्यु भएको छ । उक्त रोगबाट पाँच घरका छजना प्रभावित छन् ।
राक्सिराङ गाविस-८ ठाडोचुरीका गर्भवतीद्वय ३२ वषर्ीया चुल्ठीमाया चेपाङ र २२ वषर्ीया विष्णुमाया चेपाङको जन्डिसबाट शनिबार मृत्यु भएको स्थानीयवासी दर्जी चेपाङले बताए । चुल्ठीमायाको वीर अस्पताल काठमाडौंमा मृत्यु भएको थियो ।
चुल्ठीमायालाई उपचार गर्न भरतपुर लगिएको थियो । भरतपुरले वीर अस्पताल रिफर गरेपछि त्यहाँ पुर्*याइएको थियो । मृतक चुल्ठीमायाको पेटमा आठ महिनाका दुई बच्चा थिए । जन्डिसले गर्भवती विष्णुमाया चेपाङको पनि गाउँमै मृत्यु भएको स्थानीयले बताए । पाँच दिनकी अर्की एक सुत्केरीको अवस्था पनि चिन्ताजनक रहेको छ । १८ वषर्ीया हरिमाया चेपाङको उपचार हेटौंडा अस्पतालमा भइरहेको छ । हेटौंडा अस्पतालका चिकित्सकले उनको अवस्था गम्भीर रहेको बताए । नवजात शिशु पनि जन्डिस रोगबाट ग्रसित छ । दूषित पानीले जन्डिस फैलिएको आशंका छ ।

