विषाक्त खानाले नौ सिकिस्त
कास
नेपालगन्ज, असार ३१ - विषाक्त खानाले शनिबार यहाँका नौजना बेहोस भएका छन् । बाँकेको बाघखोरका उनीहरू जंगलको कुसुम भन्ने फल र बासी खिर खाएपछि बेहोस भएका हुन् । बेहोस हुनेमा जीवराम विक र उनकी पत्नी, शशीराम खत्री, उनकी पत्नी र दुई छोरी छन् । कुसुमस्थित प्रहरीले शोभा खत्री र उनकी नातिनीसमेत सोही खानाबाट बिरामी भएको जनाएको छ । उनीहरूलाई गाउँकै जडिबुटी खुवाई थप उपचारका लागि दाङतर्फ लगिएको प्रहरीले जनाएको छ ।

