परासी, असार २९ - जिल्ला अस्पतालमा पानी चुुहिएर उपचारमा समस्या भएको छ । छाना जीर्ण भएकाले बहिरंग विभाग र डे्रसिङ कोठामा पानी चुुहिने गरेको छ । ६० वर्षअघि निर्मित पृथ्वीचन्द्र नामको यो अस्पताल जीर्ण भइसकेको छ । मर्मतका लागि पटकपटक आग्रह गरे पनि विभागले रकम नपठाएको अस्पताल प्रमुुख डा. गोपाल खनालले बताए । -
कान्तिपुर