| झाडापखालाले पाँचको मृत्यु -
09-06-2007, 11:30 AM
सल्यान, जेठ २५ - प्रचण्ड गर्मीसँगै फैलिएको झाडापखालाबाट यहाँ तीन बालक र दुई वृद्धको मृत्यु भएको छ । उत्तरी भेगमा पर्ने बडागाउँ गाविसमा करिब तीन साता फैलिएको झाडापखालाबाट उपचारको अभावका कारण उनीहरूको मृत्यु भएको हो ।
बडाचौर र च्याउखोलामा झाडापखाला फैलिँदा दर्जनौं प्रभावित भएका छन् । प्रभावितमा बढी बालबालिका छन् । झाडापखाला लाग्दा परिवारका सदस्यले बिरामीलाई लागो-भागो भन्दै धामी-झाँक्रीद्वारा उपचार गराएका थिए । धामी-झाँक्रीद्वारा उपचार गराउने क्रममा उनीहरूको मृत्यु भएको स्थानीय कालिका प्राविका शिक्षक युवराज शर्माले बताए । झाडापखालाको कारण केहीको अवस्था गम्भीर रहेको पनि उनले बताए । |