| स्वास्थ्य केन्द्रमा उपकरण सामान अलपत्र -
30-05-2007, 04:20 AM
जोहाङ्ग, -गुल्मी, जेठ १५ - सञ्चालन गर्ने प्राविधिकको नभएकाले यहाँको जोहाङ्ग गाविसको प्राथमिक स्वास्थ्य केन्द्रमा लाखौं मूल्यका उपचारमा प्रयोग हुुने उपकरण सात वर्षदेखि अलपत्र छन् ।क्षेत्रीय मेडिकल स्टोर बुुटवलले खरिद गरी पठाएको १ लाख १२ हजार रुपैयाँको अप्रेसन टेबुुल जडान गर्ने मेकानिक नभएका कारण २०५७ साल देखि फोहोर राख्न प्रयोग हुुँदै आएको छ ।
त्यसै बेला पठाएको औजार निर्मलीकरण गर्ने यन्त्र -इलेक्ट्रीक स्टेरीलाइजर) पनि प्रयोग गर्ने व्यक्तिको अभावमा त्यसै अलपत्र परेको छ । दुुवै सामान २०५७ सालमा क्रमशः १ हजार ६ सय र १ हजार २ सय अमेरीकी डलरमा खरिद गरिएको थियो ।
अप्रेसन थिएटरमा टेबुुल जडान हुुन नसकेपछि केन्द्रले साधारण टेबुुलबाट कार्य संचालन गर्दै आएको छ । तर अस्पतालको एउटा कुुनामा फोहोर थुुपार्ने कन्टेनरका रूपमा उक्त टेबुुल अलपत्र अवस्थामा छ ।
'अप्रेशन टेबुुल जडानका लागि दिल्लीबाट मेकानिकल आउनुुपर्ने हो ।' निमित्त बनेर केन्द्र सञ्चालन गर्दै आएका सिनियर हेल्थ असिस्टेन्ट बसन्त श्रेष्ठले भने, 'जडान नहुुँदा र प्राविधिक समेत नभएकाले प्रयोगमा आएको छैन ।'
त्यस्तै इलेक्ट्रीक स्टेरीलाइजरको सट्टा केन्द्रले स्टोभमा सामान्य ड्रममा पानी उमालेर औजार निर्मलीकरण गर्दै आएको पनि श्रेष्ठले बताए । केन्द्रमै रहेको ल्याव टेष्ट गर्ने माइक्रोस्कोपको समेत बत्ति फ्युज गएको एक महिना बित्न लागेपछि मर्मत हुुन सकेको छैन । टेक्निसियनले नजिकै बिजुुलीको बल्ब बालेर काम चलाउँदै आएका छन् ।
दैनिक १५/२० जना विरामी आउने उक्त केन्द्रमा डाक्टरको दरवन्दी भने रिक्त छ । |