You are Unregistered, please register to gain Full access.    

New cases in Pous 2064, HIV = 175, AIDS = 26, Death = 2. HIV rate is very high in Housewives than sex workers in Nepal ! ! ! HIV status in Nepal till 2005: Total Adult=70000, Adult Prevalence (15-49)=0.55%, Number of Women (15-49) LWHA=15,310 (22%), HIV Prevalence rate in IDUs=32.7%, HIV prevalence rate in sex worker=3.8%, HIV prevalence rate in client of SW=2.1%. The latest U.N. report shows that 65 million people have been infected with HIV since it was first identified 25 years ago. Twenty five million people have died of AIDS.

Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.

Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!

You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!

If you have any problems with the registration process or your account login, please contact us.
Go Back   xenoMED > News Room > Nepal Health News
Nepal Health News Exclusive Coverage on Nepalese Health News

Comment
 
LinkBack Article Tools Display Modes
औषधिमा ठगी
Published by SPRimal
26-05-2007
Thumbs up औषधिमा ठगी

औषधिमा ठगी



अमृता अनमोल


स्वास्थ्य विभागका अनुसार औषधि व्यवसाय सञ्चालन गर्न औषधि व्यवस्था विभागबाट ओरिन्टेसन तालिम लिएको वा आयु फार्म, बी फार्म गरेर विभागबाट र्सर्टिफिकेट प्राप्त गरेको हुनर्ुपर्छ । केही वर्षता बुटवल नगरपालिकाको राजमार्ग चौराहा, मिलनचोक, पुष्पलालपार्क, बसपार्कलगायतका रूपन्देहीकै धेरै मुख्य चोकमा बसेर केही भारतीयले जथाभावी औषधि बिक्री गरिरहेका छन् । एकातिर धेरै र्सवसाधारण ठगिएका छन्, अर्कोतिर स्वास्थ्यमा समेत असर पारेको छ ।
उनीहरूस“ग औषधि बेच्न कुनै अनुमतिपत्र छैन । न उनीहरूले औषधि बिक्रीसम्बन्धी कुनै तालिम लिएका छन् । स्वास्थ्य जा“च गर्ने कुनै उपकरण पनि उनीहरूस“ग छैन । छ त सडक छेउमा पाल टा“गेर बनाइएको सा“घुरो झुप्रो । त्यसभित्र केही जडिबुटी र रसायनका केही डिब्बा । तथापि उनीहरू दिनका दिन बिरामी जा“चिरहेका छन् । दिनका दिन सयौंको औषधिसमेत बेचिरहेका छन् । ती औषधि बिक्रेताको बिरामी जा“च्ने र औषधि दिने तरिका पनि बेग्लै छ । उनीहरू आफू कहा“ आउने बिरामीको नाडी छाम्छन् । एक छिन विचार्छन् अनि भयानक रोग लागेको छ भनी डर देखाउ“छन् । अन्त्यमा अनावश्यक औषधि भिर्डाई मनग्ये पैसा असुल्छन् । उनीहरूका अनुसार सामान्य रोगका लागि पनि एक जनाबाट पा“च सयदेखि पा“च हजार रुपैया“सम्म लिइने गरेको छ

त्यसरी बिरामी जा“च्ने र औषधि बेच्ने उनीहरू सबै भारतीय हुन् । उनीहरूको औषधि बनाउने र बेच्ने पुस्तौली पेसा हो । भन्छन्- 'सबै काम हामीले हामैै्र पर्ुखाहरूबाटै सिकेका छौं । त्यसैले कुनै तालिम सालिम लिनु पर्दैन ।'

यहि पुर्खौली पेसा र पर्ुखाको शिक्षाको आडमा उनीहरू अरूको देशमा पनि निर्धक्क र निर्भय बिरामी जा“च्ने र औषधि गर्ने गरेका छन् । त्यो पनि पश्चिमाञ्चलकै केन्द्र मानिने रूपन्देहीको बुटवलमा । सिमाना जोडिएका विकट गाउ“ ठाउ“को अवस्था कल्पना गर्न सकिन्न । मिलनचोक, सुख्खानगर र देवीनगरमा पालैसित पाल टा“गेर एक वर्षेखि औषधि बिक्री गर्दै आएका राजिव सिंह भन्छन्- 'यो हाम्रो पुख्र्यौली काम हो । सबै जानेका छौं । बिरामीलाई देख्नासाथ हामी रोग पत्ता लगाउ“छौं । त्यही खालको औषधि दिन्छौं । ठ्याक्कै निको हुन्छ । औषधि अलिकति मह“गो हुन्छ । त्यत्ति हो ।'

औषधि व्यवसाय सञ्चालन गर्न औषधि व्यवस्था विभागबाट कुनै पनि ओरिन्टेसन तालिम नलिएका र कुनै प्रमाणपत्र नभएका उनीहरूले दर्ुलभ जनावरका अंग पनि खुलेयाम बेचिरहेका छन् । 'हामीस“ग कस्तुरी सतको गोली, घडियालको नाभी आदि नामका वस्तु छन् । यी केही नेपालका सिकारीस“ग त केही भारतबाटै किनेर ल्याएका हौं । राजिवले डिब्बा खोलेर देखाउ“दै भने- 'नेपालमा नपाइने भएकाले विचित्रै बढी बिक्छन् ।'

उनीहरूको दाबी छ, उनीहरूले पेट दा“त दुख्ने बेथादेखि क्यान्सर र एचआईभी एड्ससम्मको औषधि गर्नेगरेका छन् । नेपालको औषधि खा“दा-खा“दा वाक्क भएका र सञ्चो नभएका धेरै जसो बिरामीलार्इर्र्सञ्चो पनि हुने गरेको छ । विडम्बना उनको कुरा सुनेर म केही दिन धाउ“दा निको भएका बिरामी एउटै भेटिएनन् । बरू दोस्रोचोटी आउने सबै निराश देखिए । पाठेघर खसेर दर्ुइ महिनादेखि उपचारका लागि आएकी सकुन्तला दर्जीले भनिन्- '२ हजारभन्दा बढीको औषधि खाइसकें । खै बीसको उन्नाइस भएन । पहिले त टक्रक्कै निको हुन्छ भन्थे । अहिले अझै दर्ुइ हजारको औषधि खाए निको होला भन्छन् ।'

यसरी दिनानु दिन जथाभावी औषधि बिक्रीवितरण गर्दा जनस्वास्थ्यमा असर परेको भनिरहनु पर्दैन । नियन्त्रण गर्ने निकाय भने मौन छन् । उनीहरू कसैले सम्झाउ“दा समेत नियन्त्रण गर्ने काम अर्को निकायको हो भनी एकले अर्कोमाथि औंलो तेर्स्याउ“छन् । उनीहरूको यो चाला र दोषारोपणले जनस्वास्थ्यमा पर्ने असर कति गम्भीर होला - बदलामा ठगी खाने औषधि बिक्रेता भने दिनानुदिन मौलाइरहेका छन् ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार ठगी खाने भारतीय औषधि बिक्रेतालाई केही गर्ने अधिकार जनस्वास्थ्य कार्यालयलाई छैन । यसबाट जनस्वास्थ्यमा असर परेकाले नियन्त्रण गर्न जरुरी छ । प्रमुख जिल्ला अधिकारी वा क्षेत्रीय निर्देशकको निर्देशनमा मात्र अनुगमन गर्न पाइने भएकाले उनीहरूले अनुगमनका लागि पहल गर्नुपर्छ ।

औषधि व्यवसायी संघका भनाइमा खासमा जथाभावी औषधि बेच्नेे नियन्त्रणको जिम्मा लिने र हर्ेर्ने काम औषधि व्यवस्था विभागको हो । लुम्बिनी अञ्चल आयर्ुर्वेदिक औषधालयका प्रमुख डा. नगेन्द्रप्रसाद मिश्र व्यवसायीस“ग लाइसेन्स छ छैन, औषधि भन्सार तिरेर ल्याएको हो होइन, र्फम विभागमा दर्ता भएको हो होइन हर्ेर्ने काम प्रशासनको हो । त्यसैले जनस्वास्थ्यमा प्रत्यक्ष हानी गर्ने औषधि बिक्री भएको छ छैन भन्नेबारे प्रशासनले अनुगमन गर्नुपर्छ । इलाका प्रशासन कार्यालय बुटवलले भनेे यो देशव्यापी समस्या भएकाले जथाभावी औषधि बेचिरहेको देखे पनि अनुगमनबारे कुनै सोच नभएको बताउ“छ ।

कुरा अचम्मको छ । नेपालीको स्वास्थ्यमाथि खेलवाड गर्ने र प्रत्यक्ष धनजनको असर गर्ने समस्या देशव्यापीरूपमा फैल“दा प्रशासन नियन्त्रणमा लाग्ने कि देशव्यापी समस्या हो भनेर चुप लागेर बस्ने !


के बिधि हो गाँठे यस्तो??
कि कसो??
Article Tools

Featured Articles
 
By Ne_pal on 27-05-2007, 07:26 AM
Re: औषधिमा ठगी

One indian is equivalent to ten nepalese.
And we nepalese consider ourselves smart ass!!

Lets get together and control these trivia causing a chaos in our health system.
Reply With Quote
  #1 (permalink)  
By sarosem on 28-05-2007, 06:08 AM
Re: औषधिमा ठगी

drugs association kata cha? khali politics matra garera bhayena ni , yesto kura ma pani alik dhyan dinu paryo? ani sarkar kata cha?
Reply With Quote
  #2 (permalink)  
By Sushant-passion on 28-05-2007, 06:56 AM
Re: औषधिमा ठगी

खै यो सरकार भन्नि जात काँ गइच्चन् काँ???
मुइले त खोज्दा खोज्दा भेटिन, कसैले भेटेमा मुलाई फुन् अर्दिम्
कि कसो???
Reply With Quote
Comment


Article Tools
Display Modes

Posting Rules
You may not post new articles
You may not post comments
You may not post attachments
You may not edit your posts

vB code is On
Smilies are On
[IMG] code is On
HTML code is Off
Trackbacks are On
Pingbacks are On
Refbacks are On


Similar Threads
Article Article Starter Category Comments Last Post
अस्पताल जग्गाको भाडा ठगी नेपाली Nepal Health News 0 31-07-2006 09:20 AM



Powered by vBulletin® Version 3.6.8
Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com
Copyright © 2005-2007 xenoMED, Kathmandu, Nepal
Article powered by GARS 2.1.8m ©2005-2006Ad Management by RedTyger
Hosted and Maintained by: