औषधिमा ठगी
अमृता अनमोल
स्वास्थ्य विभागका अनुसार औषधि व्यवसाय सञ्चालन गर्न औषधि व्यवस्था विभागबाट
ओरिन्टेसन तालिम लिएको वा
आयु फार्म, बी फार्म गरेर विभागबाट
र्सर्टिफिकेट प्राप्त गरेको हुनर्ुपर्छ । केही वर्षता बुटवल नगरपालिकाको राजमार्ग चौराहा, मिलनचोक, पुष्पलालपार्क, बसपार्कलगायतका रूपन्देहीकै धेरै मुख्य चोकमा बसेर केही
भारतीयले जथाभावी औषधि बिक्री गरिरहेका छन् । एकातिर धेरै र्सवसाधारण ठगिएका छन्, अर्कोतिर स्वास्थ्यमा समेत असर पारेको छ ।
उनीहरूसग औषधि बेच्न कुनै अनुमतिपत्र छैन । न उनीहरूले औषधि बिक्रीसम्बन्धी कुनै तालिम लिएका छन् । स्वास्थ्य जाच गर्ने कुनै उपकरण पनि उनीहरूसग छैन । छ त सडक छेउमा पाल टागेर बनाइएको साघुरो झुप्रो । त्यसभित्र केही जडिबुटी र रसायनका केही डिब्बा । तथापि उनीहरू दिनका दिन बिरामी जाचिरहेका छन् । दिनका दिन सयौंको औषधिसमेत बेचिरहेका छन् । ती औषधि बिक्रेताको बिरामी जाच्ने र औषधि दिने तरिका पनि बेग्लै छ । उनीहरू आफू कहा आउने बिरामीको नाडी छाम्छन् ।
एक छिन विचार्छन् अनि भयानक रोग लागेको छ भनी डर देखाउछन् । अन्त्यमा अनावश्यक औषधि भिर्डाई मनग्ये पैसा असुल्छन् । उनीहरूका अनुसार सामान्य रोगका लागि पनि एक जनाबाट
पाच सयदेखि पाच हजार रुपैयासम्म लिइने गरेको छ ।
त्यसरी बिरामी जाच्ने र औषधि बेच्ने उनीहरू सबै
भारतीय हुन् । उनीहरूको औषधि बनाउने र बेच्ने पुस्तौली पेसा हो । भन्छन्- 'सबै काम हामीले हामैै्र पर्ुखाहरूबाटै सिकेका छौं । त्यसैले कुनै तालिम सालिम लिनु पर्दैन ।'
यहि पुर्खौली पेसा र पर्ुखाको शिक्षाको आडमा उनीहरू अरूको देशमा पनि निर्धक्क र निर्भय बिरामी जाच्ने र औषधि गर्ने गरेका छन् । त्यो पनि पश्चिमाञ्चलकै केन्द्र मानिने रूपन्देहीको बुटवलमा । सिमाना जोडिएका विकट गाउ ठाउको अवस्था कल्पना गर्न सकिन्न । मिलनचोक, सुख्खानगर र देवीनगरमा पालैसित पाल टागेर एक वर्षेखि औषधि बिक्री गर्दै आएका राजिव सिंह भन्छन्- 'यो हाम्रो पुख्र्यौली काम हो । सबै जानेका छौं । बिरामीलाई देख्नासाथ हामी रोग पत्ता लगाउछौं । त्यही खालको औषधि दिन्छौं । ठ्याक्कै निको हुन्छ । औषधि अलिकति महगो हुन्छ । त्यत्ति हो ।'
औषधि व्यवसाय सञ्चालन गर्न औषधि व्यवस्था विभागबाट कुनै पनि ओरिन्टेसन तालिम नलिएका र कुनै प्रमाणपत्र नभएका उनीहरूले
दर्ुलभ जनावरका अंग पनि खुलेयाम बेचिरहेका छन् । 'हामीसग कस्तुरी सतको गोली, घडियालको नाभी आदि नामका वस्तु छन् । यी केही नेपालका सिकारीसग त केही भारतबाटै किनेर ल्याएका हौं । राजिवले डिब्बा खोलेर देखाउदै भने- 'नेपालमा नपाइने भएकाले विचित्रै बढी बिक्छन् ।'
उनीहरूको दाबी छ, उनीहरूले
पेट दात दुख्ने बेथादेखि क्यान्सर र एचआईभी एड्ससम्मको औषधि गर्नेगरेका छन् । नेपालको औषधि खादा-खादा वाक्क भएका र सञ्चो नभएका धेरै जसो बिरामीलार्इर्र्सञ्चो पनि हुने गरेको छ ।
विडम्बना उनको कुरा सुनेर म केही दिन धाउदा निको भएका बिरामी एउटै भेटिएनन् । बरू दोस्रोचोटी आउने सबै निराश देखिए । पाठेघर खसेर दर्ुइ महिनादेखि उपचारका लागि आएकी सकुन्तला दर्जीले भनिन्- '२ हजारभन्दा बढीको औषधि खाइसकें । खै बीसको उन्नाइस भएन । पहिले त टक्रक्कै निको हुन्छ भन्थे । अहिले अझै दर्ुइ हजारको औषधि खाए निको होला भन्छन् ।'
यसरी दिनानु दिन जथाभावी औषधि बिक्रीवितरण गर्दा जनस्वास्थ्यमा असर परेको भनिरहनु पर्दैन । नियन्त्रण गर्ने निकाय भने मौन छन् । उनीहरू कसैले सम्झाउदा समेत नियन्त्रण गर्ने काम अर्को निकायको हो भनी एकले अर्कोमाथि औंलो तेर्स्याउछन् । उनीहरूको यो चाला र दोषारोपणले जनस्वास्थ्यमा पर्ने असर कति गम्भीर होला - बदलामा ठगी खाने औषधि बिक्रेता भने दिनानुदिन मौलाइरहेका छन् ।
जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार ठगी खाने भारतीय औषधि बिक्रेतालाई केही गर्ने अधिकार जनस्वास्थ्य कार्यालयलाई छैन । यसबाट जनस्वास्थ्यमा असर परेकाले नियन्त्रण गर्न जरुरी छ । प्रमुख जिल्ला अधिकारी वा क्षेत्रीय निर्देशकको निर्देशनमा मात्र अनुगमन गर्न पाइने भएकाले उनीहरूले अनुगमनका लागि पहल गर्नुपर्छ ।
औषधि व्यवसायी संघका भनाइमा खासमा जथाभावी औषधि बेच्नेे नियन्त्रणको जिम्मा लिने र हर्ेर्ने काम औषधि व्यवस्था विभागको हो । लुम्बिनी अञ्चल आयर्ुर्वेदिक औषधालयका प्रमुख डा. नगेन्द्रप्रसाद मिश्र व्यवसायीसग लाइसेन्स छ छैन, औषधि भन्सार तिरेर ल्याएको हो होइन, र्फम विभागमा दर्ता भएको हो होइन हर्ेर्ने काम प्रशासनको हो । त्यसैले जनस्वास्थ्यमा प्रत्यक्ष हानी गर्ने औषधि बिक्री भएको छ छैन भन्नेबारे
प्रशासनले अनुगमन गर्नुपर्छ । इलाका प्रशासन कार्यालय बुटवलले भनेे यो देशव्यापी समस्या भएकाले जथाभावी औषधि बेचिरहेको देखे पनि अनुगमनबारे कुनै सोच नभएको बताउछ ।
कुरा अचम्मको छ । नेपालीको स्वास्थ्यमाथि खेलवाड गर्ने र प्रत्यक्ष धनजनको असर गर्ने समस्या देशव्यापीरूपमा फैलदा प्रशासन नियन्त्रणमा लाग्ने कि देशव्यापी समस्या हो भनेर चुप लागेर बस्ने !
के बिधि हो गाँठे यस्तो?? कि कसो??