बाल तथा मातृ मृत्युदरमा उल्लेखनीय कमी’
कान्तिपुर संवाददाता
काठमाडौं, जेठ १२ - नेपालमा दस वर्षो अवधिमा बाल तथा मातृदरमा उल्लेखनीय कमी आएको छ ।
सरकारद्वारा बिहीबार र्सार्वजनिक स्वास्थ्य तथा जनसंख्या र्सर्वेक्षण
२००६ को प्रतिवेदनअनुसार बाल तथा मातृ स्वास्थ्यमा
सुधार आएको देखिएको हो ।
र्सर्वेक्षण प्रतिवेदनअनुसार सन् २००६ मा
एक लाख जीवित जन्ममा मातृ मृत्युदर
२ सय ८१ देखिएको छ । सन् १९९६ मा उक्त दर
५ सय ३९ थियो । दस वर्षो अवधिमा बाल मृत्युदरमा पनि कमी आएको छ । प्रत्येक एक हजार जीवित जन्ममा
४८ शिशुको मृत्यु हुने गरेको सन् २००६ को तथ्यांकमा उल्लेख छ । पाच वर्षुनिका बाल मृत्युदर भने एक हजार जीवित जन्ममा
६१ छ । सन् २००१ मा यो दर ११ बालबालिकामध्ये एक रहेको प्रतिवेदनमा उल्लेख छ ।
र्सर्वेक्षणअनुसार हाल मुलुकमा
४४ प्रतिशत महिलाले परिवार नियोजनका आधुनिक साधन प्रयोग गर्दै आएका छन्् । सन्् २००१ को र्सर्वेक्षणमा यो संख्या
३५ प्रतिशत थियो । बाल रोगविरुद्ध खोप लिने बालबालिकाको संख्यामा पनि उल्लेखनीय वृद्धि भई
८३ प्रतिशत पुगेको छ । १२ देखि १३ महिनाका यी बालबालिकाहरूमध्ये पाूच वर्षघि दर्ुइ तिहाइले मात्र यस्ता खोप लिने गरेका थिए ।
र्सर्वेक्षणमा ४४ प्रतिशत गर्भवती महिलाले सुत्केरी गराउन दक्ष स्थ्यकर्मीहरूबाट सहयोग लिने गरेको उल्लेख छ ।
र्सर्वेक्षणका लागि १० हजारभन्दा बढी १५ देखि ४९ वर्षा महिला तथा चार हजारभन्दा बढी सोही उमेर समूहका पुरुषस“ग प्रत्यक्ष प्रश्नोत्तर गरिएको थियो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा बिहीबार आयोजित कार्यक्रममा र्सर्वेक्षण र्सार्वजनिक गर्दै मन्त्री गिरिराजमणि पोखरेलले मुलुकमा व्याप्त द्वन्द्वको स्थितिमा समेत स्वास्थ्यका विभिन्न क्षेत्रमा प्रगति देखिनु सकारात्मक रहेको बताए ।
ki kaso?