| अस्पतालले रिफर लगत्तै तिम्ल्याहा -
21-05-2007, 01:57 AM
धनकुटा, जेठ ६ - छोराको पर्खाइमा रहेका हात्तीखर्कका एक दम्पतील्ााई आइतबार साँझ तिम्ल्याहा सन्तान ल्ााभ भएको छ ।
हात्तीखर्क-१ का धनबहादुर विश्वकर्मा र पत्नी चन्द्रा चार छोरीपछि छोराको पर्खाइमा थिए । २९ वर्षे चन्द्रका तिम्ल्याहा सन्तानमध्ये दुईछोरा छन् ।
आइतबार अपराह्न धनकुटा अस्पताल आइपुगेका विश्वकर्मा दम्पतीलाई अस्पतालले तत्काल धरान रेफर गरेको थियो । आर्थिक अवस्था कमजोर रहेका उनीहरूले एम्बुलेन्सबाट जान नसकेपछि धनकुटा बसपार्कमा बस पर्खाइमा रहेको बखत चन्द्राले अकस्मात त्यहाँको शौचालयमा तिम्ल्याहा जन्म दिएकी हुन् । शौचालयमा अकस्मात बच्चा रोएको सुनेपछि हतारिंदै जाँदा अचेत अवस्थाकी पत्नी र साथमा तीन सन्तान पाएको धनबहादुरले बताए । बेवारिसे अवस्थामा रहेका विश्वकर्मा दम्पतीलाई स्थानीय बासिन्दाले तत्काल जिल्ला अस्पतालमा पुर्*याएका थिए भने उनीहरूले कपडा तथा आर्थिक संकलन गरी सहयोग गरेका थिए ।
एकैपटक जन्मिएका तीन सन्तानलाई पालन पोषण गर्न आफूलाई निकै अप्ठ्यारो भएको बताउने विश्वकर्माले उनीहरूको स्याहार सुसारका लागि सहयोग गरिदिन आग्रह गरेका छन् । मेडिकल अधिकृत डाक्टर आयुस खनालका अनुसार तिनै सन्तानको तौल समान एक किलो आठ सय ग्राम छ । उपचार संलग्न नर्स छोरी श्रेष्ठले आमा र बच्चाको अवस्था सामान्य रहेको बताइन् । |