गुलरिया, असोज २३ - इन्सेफ्लाइटिसबाट बर्दियामा एकको मृत्यु भएको छ । जिल्ला स्वास्थ्य प्रमुख रामाशंकर द्वीपका अनुसार मृत्यु हुनेमा स्थानीय ढोढरी गाविस-१ का ३६ वषर्ीय रामरोशन चौधरी छन् । उक्त रोगबाट पीडित दुई अस्पतालमा उपचार गराइरहेका छन् । अन्य दुई उपचारपछि घर फर्केका छन् ।
इन्सेफ्लाइटिस उपचार्थ आएका सबै जेबी भ्याक्सिन -इन्सफ्लाइटिस रोगविरुद्ध खोप) नलिएकाहरू छन् । जिल्लाको सवा चार लाख जनसंख्यामध्ये करिब साढे तीन लाखले जेबी भ्याक्सिन लिएका छन् ।
-
कान्तिपुर