| माछापुच्छे्रमा स्वास्थ्य शिविर -
07-05-2007, 07:20 AM
पोखरा -माछापुच्छे्र, वैशाख २३ - जिल्ला जनस्वास्थ्य कार्यालय, कास्कीद्वारा माछापुच्छे्र गाविसको टुसेमा सोही गाविसका बासिन्दाको सहयोगमा शनिबार आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ३ सय ९० महिलासहित ५ सय ६३ जनाको स्वास्थ्य परीक्षण गरियो ।
शिविरमा उपचारका लागि पुरन्चौर, घाचोक, र्सर्दीखोला र माछापुच्छे्र गाविसका मानिसहरू आएका थिए । शिविरमा करिब एक लाख रुपैया“को औषधि पनि वितरण गरिएको कार्यालयका अधिकृत मित्रप्रसाद अर्यालले बताउनुभयो ।
शिविरमा स्वास्थ्य परीक्षण गरिएकालाई वैशाखको अन्तिम हप्ता पुनः अनुगमन स्वास्थ्य परीक्षण गरिने जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख झलक शर्मा पौडेलले जानकारी दिनुभयो ।
शिविरमा डा.शरद्चन्द्र वर्मा, डा.चण्डिका पण्डित, डा.नारायण ओझा र डा.माया लामालगायतका विशेषज्ञसहितको टोलीले सेवा पुर्*याएको थियो ।
त्यस अवसरमा क्षेत्रीय क्षयरोग परीक्षण केन्द्रका डा.शरद्चन्द्र वर्मा, जनस्वास्थ्य प्रमुख झलक शर्मा पौडेल र समाजसेवी निरप्रसाद गुरुङले स्वास्थ्य सेवाको पहु“च नपुगेका ग्रामीण भेगमा विशेषज्ञ सेवासहितको उपचार सुविधा हुनुपर्ने र विशेषज्ञ स्वास्थ्य शिविर बेलामा बेलामा सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । |