| चन्दा संकलन गरी एम्बुलेन्स -
30-09-2006, 04:47 AM
दधिकोट -भक्तपुर, असोज १३ - श्रीमतीलाई सुत्केरी व्यथाले च्यापेपछि २१ वषर्ीय रामकिशोर ठाकुुर आत्तिए । अरूलाई सामान्यजस्तो लागे पनि उनका लागि यो एक असामान्य परिस्थिति थियो । जन्मथलो रौतहटको सन्तपुुरदेखि निकै टाढाको यस बिरानो बस्तीमा भर्खरजसो कपाल काटेर परिवार पाल्दै आएका थिए ।
यस्तोमा गएको साता उनकी श्रीमती रीतादेवी प्रसव वेदनाले थला परिन् । व्यथाले कतिसम्म गाल्यो भने अस्पताल लग्न अलिकति मात्रै पनि ढिलो गरे ज्यानै तलमाथि हुुने खतरा देखा पर्*यो । दिनभरि कपाल काटेर जम्मा पारेको एक सय रुपैयाँभन्दा बढी फुुटेको कौडी थिएन उनीसँग ।
रामकिशोरका लागि भावी बनेर निस्किए स्थानीय युुवाहरू । गाउँलेले आपसमा चन्दा उठाएर र भागवत सप्ताह लगाएर भर्खर एम्बुुलेन्स किनेका थिए, तिनैले रीतादेवीलाई अस्पताल लगिदिए, त्यो पनि निःशुुल्क ।
एम्बुुलेन्सका लागि रकम जुुटाउन लामो समयदेखि लागिपरेका स्थानीय युुवा सम्मिलित ग्रामीण पूर्वाधार विकास केन्द्रका पदाधिकारीले रामकिशोरलाई उल्टै १ हजार रुपैयाँ सहयोग गरिसकेको बेलामा तिर्ने गरी ।'
कहिल्यै नचिनेका मानिसले आफूमाथि देखाएको यो सदासयताले ठाकुुर नतमस्तक भए । 'यतिको भरथेग पाइएला जस्तो लागेकै थिएन,' कृतज्ञ देखिएका ठाकुुरले भने- 'यो गुुन कसरी तिर्नुु मैले ।'
ठाकुुरजस्तो अप्ठेरामा परेका अरू धेरैलाई यहाँका युुवाले यस्तै सहयोग पुुर्*याउन थालेका छन् ।
'समयमा अस्पताल जान नपाई धेरैको अकालमा ज्यान गएको छ,' केन्द्रका अध्यक्ष राजेन्द्रबहादुुर राउत भन्छन्- 'अब त्यस्तो समस्या नपरोस् भनेर जसोतसो गरी एम्बुुलेन्स किनेका छौं ।'
दधिकोट, सिरुटार, गुुण्डुु र आसपासका गाउँका १ लाखभन्दा बढी गाउँलेको साझा प्रयासमा एम्बुुलेन्स किनिएको हो । एम्बुुलेन्स किन्नकै लागि युुवाहरूले गएको हिउँदमा सप्ताह लगाएर १५ लाख ९८ रुपैयाँ दान तथा चन्दा संकलन गरेका थिए ।
गएको महिना गाउँमा एम्बुुलेन्स भित्रिँदा बस्तीमा साझा खुुसियाली छाएको थियो । अचेल युुवाहरू गाउँको कच्ची बाटो मर्मत गर्नतिर लागेका छन् । 'रातबिरात एम्बुुलेन्स कुुदाउनुुपर्छ,' राउत भन्छन्- 'बाटो त बनाउनै पर्*यो नि ।'
देशलाई चटक्कै छाडेर अरबिनेको संख्या दिनहुुँ बढिरहेका बेलामा गाउँघरमै बसेर काम गर्ने जाँगर देखाएका यहाँका युुवाले सबैको स्याबासी पाएका छन् ।
- कान्तिपुर घनश्याम खड्का म अनि मेरो नेपाल उस्तै उस्तै हो ।
Last edited by नेपाली; 30-09-2006 at 04:51 AM.
|