| मुटुरोगबाट १ करोड ७० लाखको मृत्यु -
24-09-2006, 10:00 PM
काठमाडौ, असोज ७ - विश्व स्वास्थ्य संगठनले गत वर्ष मुटुसम्बन्धी रोगबाट १ करोड ७० लाख मानिसको मृत्यु भएको जनाएको छ ।
मृत्यु हुनेमा करिब ८० प्रतिशत निम्न र मध्यम आय भएका राष्ट्रका बासिन्दा छन् । धूमपान, उच्च रक्तचाप, मोटोपन, मानसिक तनाव, शारीरिक निष्त्रिmयता, रक्त कोलेस्ट्रोल, मधुमेह आदिले रोगीको संख्या बढेेको संगठनले जनाएको छ ।
नेपालमा पनि मुटुरोग समस्याका रूपमा रहेको विशेषज्ञले बताएका छन् । मुलुकको जनसंख्याको १५ प्रतिशत अर्थात् ४० लाख मुटुरोगी रहेकोे र कुल मृत्युमध्ये २५ प्रतिशत मुटुरोगबाट हुने अनुमान नेपाल हृदय रोग निवारण प्रतिष्ठानले गरेको छ ।
संगठनले ८० प्रतिशत हृदयघात र 'स्ट्रोक' बाट बचाउ गर्न सकिने बताउँदै स्वस्थ खाना, नियमित व्यायाम र धूमपानबाट बचेमा मुटुरोगको सम्भावना कम रहने उल्लेख गरेको छ ।
यसैबीच विश्व मुटु दिवसको उपलक्ष्यमा उपप्रधान एवं स्वास्थ्य तथा जनसख्यामन्त्री अमिक शेरचनले चालू आर्थिक वर्षमा बाल मुटुरोगीको उपचार र रोकथामतर्फ सरकारले विशेष व्यवस्था गरेको बताएका
छन् । यस वर्ष विश्व मुटु दिवसको नारा 'तपाईंको मुटु कति जवान छ ?' रहेको छ ।
- कान्तिपुर अतुल मिश्र म अनि मेरो नेपाल उस्तै उस्तै हो । |