| वीर अस्पतालमा एनेस्थेटिस्टहरूको कमी -
02-05-2007, 11:44 PM
काठमाडौं, वैशाख १९ - मुलुककै जेठो वीर अस्पतालमा दरबन्दी अनुसारको एनेस्थेटिस्ट नभएकाले करिब ७५ प्रतिशत बिरामी समयमै शल्यक्रिया गराउनबाट वञ्चित भएका छन् । उनीहरू मह“गो शुल्क तिरेर निजी अस्पतालमा उपचार गराउन बाध्य छन् ।
चार सय ५० शय्या भएको अस्पतालमा दर्ुइमात्र एनेस्थेटिस्ट भएकाले यो अवस्था आएको हो । शल्यक्रिया गर्दा बेहोस पार्ने विशेषज्ञ 'एनेस्थेटिस्ट' हुन् । उनीहरू चिकित्सा विज्ञानमा स्नातक -एमबीबीएस) गरेपछि एनेस्थेसियामा तीन वर्षो स्नातकोत्तर उपाधि हासिल गर्छन् ।
अस्पताल स्रँेतका अनुसार हाल एनेस्थेटिस्टको दरबन्दी ६ जनाको छ । दर्ुइ लामो बिदा र दर्ुइ बिरामी बिदामा बसेका छन् ।अस्पतालका एक चिकित्सकका अनुसार पहिले महिनामा चार-पा“च सय शल्यक्रिया हुन्थ्यो । हाल उक्त संख्या सयमा झरेको छ । 'एनेस्थेटिस्टहरूको कमीले करिब दर्ुइ महिनादेखि एक चौथाइमात्र शल्यक्रिया हुने गरेको छ,' ती चिकित्सकले कान्तिपुरस“ग भने ।मुलुकभरि न्यूनतम तीन सय एनेस्थेटिस्टको आवश्यकता रहेको चिकित्सकहरू बताउ“छन् । हाल यस्तो विशेषज्ञको संख्या करिब ७० छ । वीर, त्रिवि शिक्षण अस्पताल र बीपी कोइराला स्वस्थ्य विज्ञान प्रतिष्ठान, धरान गरी बर्सर्ेे १०/१२ एनेस्थेटिस्ट उत्पादन हुन्छ ।
'वीरलगायतका अन्य सरकारी अस्पतालमा देखिने यसको कमीबाट सरकारले शिक्षा लिनर्ुपर्छ,' वीरका एक शल्यचिकित्सकले भने- 'सरकारले यो जनशक्ति बढाउनेतर्फहालसम्म ध्यान नदिएकाले यो समस्या सदा भइरहन्छ ।'
झन्डै दर्ुइ वर्षघि वीर अस्पतालमा एनेस्थेटिस्टहरूको भत्ता बढाउनर्ुपर्ने माग राख्दै १० दिने अघोषित हडताल हु“दै अहिलेकै स्थिति देखिएको थियो । त्यसताका पा“च जना एनेस्थेटिस्टहरू एक्कासि बिदामा बस्दा शल्यक्रिया प्रभावित भएको थियो । स्वास्थ्य मन्त्रालयमा दुवै पक्षबीच भएको वार्तापछि लिखित सहमतिअनुसार उनीहरू काममा फर्केका थिए । मन्त्रालयले अन्य सकारात्मक मागमा छिट्टै पहल गर्नुका साथै उनीहरूको भत्तालाई २ सय प्रतिशत पुर्*याइने आश्वासन समेत दिएको थियो । वीर अस्पताल चिकित्सा विज्ञान राष्ट्रि्रय प्रतिष्ठानमा परिणत हुनुअघि उनीहरूले २ सय प्रतिशत भत्ता पाएका थिए । हाल यस्तो सुविधा छैन ।
'यहा“का एनेस्थेसिया विभागका प्रमुख महिनाको १४ हजार रुपैया“मा खटिरहेका छन्, बाहिर उनले लाख रुपैया“ पाउ“छन् यस्तो स्थितिमा कसले काम गर्छ,' अस्पतालका एक प्राविधिक कर्मचारीले भने । अस्पतालका एक अन्य कर्मचारीले भने एनेस्थेटिस्टहरू भत्ता र सुविधा बढाउन शल्यक्रिया सेवा प्रभावित गरेको आरोपसमेत लगाए । |