यौनका कुरा
अमृता अनमोल
रूपन्देहीको विकट गाविस रुद्रपुर हेरौं । गाउ“लेहरू साप्ताहिक रूपमा भेला भएर यौनशिक्षा, यौन समस्या र समाधानबारे छलफल गर्छन् । आफूले सिके-जानेका कुरा अरू गाउ“लेलाई बा“ड्छन् । रुद्रपुरका किशोर-किशोरी शनिबार बिहान ८ नबज्दै एकैठाउ“मा भेला हुन्छन् । गोलाकार बस्छन् । र यौनशिक्षा सुरु गर्छन् । १२ देखि १६ वर्षउमेरका ती किशोर-किशोरी लाज मान्दैनन् । यौन कौतुहल, समस्या र समाधानबारे जिज्ञासा राख्छन् । पालैपालो संकोचविनै आफू र आफ्नो परिवारमा हुने यौन समस्याबारे छलफल गर्छन् ।
सबैको समस्या र कौतुहल सकिएपछि समाधानबारे आ-आफ्नो भनाइ राख्छन् । भनाइबारे झन् विस्तृत छलफल गर्छन् । र निष्कर्षनिकाल्छन् । एकजनाले त्यस निष्कर्षो टिपोट राख्छन् । अर्कोले एक साताको कार्यतालिका बनाउ“छन् । समूहबाट त्यो तालिका पास गराउ“छन् । बल्ल भेला विर्सजन हुन्छ । उमेर नपुग्दै विवाह गराउने र यौनशिक्षा सिक्न नदिने अभिभावकलाई कारबाही पनि गर्दै हि“डेका छन् । देउसी-भैलो खेलेर जम्मा गरेको रुपैया“ले गाउ“ वरपरका किशोर-किशोरीलाई समेत साप्ताहिक रूपमा नैतिक शिक्षा दिने गरेका छन् । बेला-बेला गाउ“ बाहिरका प्रशिक्षक ल्याएर पनि विशेष प्रशिक्षण दिइएको छ ।
झन्डै ४० जना ती किशोर-किशोरीले छलफल गर्दा युवावस्थामा हुने धेरै यौन समस्या र विकृति गाउ“बाट घट्दै गएका छन् । 'यौनशिक्षाको अभावमा धेरै किशोर-किशोरी विभिन्न खाले विकृति र डरलाग्दा सरुवा रोगबाट पीडित भएका देखेपछि हाम्रो गाउ“मा त्यस्तो नहोस् भनेर सबै किशोर-किशोरी भेला हुने र यौनशिक्षाबारे छलफल गर्ने गरेका हौं । सफल भएका छौ,' रुद्रपुरस्थित सुनगाभा युवा सूचना केन्द्रमा आबद्ध ती किशोर-किशोरी सामूहिक जवाफ दिन्छन् । उनीहरू साताको २ घन्टा समय निकालेर यौन समस्या र समाधानबारे छलफल गर्नसक्ने सूचना केन्द्रकै अगुवाइमा भएका हुन् ।
यौनशिक्षा र चेतना अभियान सुरु भएको २ वर्षपुगेको छ जसले सुरु-सुरुमा धेरै चुनौती सामना गर्नुपरेको थियो । केटाकेटीहरू एकैठाउ“मा भेला हु“दा पनि अभिभावक रिसाउ“थे । केटाकेटीले यौन र प्रजननबारे कुरा गरेको थाहा पाएपछि त कति अभिभावकले आफ्ना छोरीलाई भेलाबाटै लतारेर कुट्दै लगेका थिए । तथापि अभियानमा जुटेका किशोर-किशोरी आत्तिएनन् । साहससाथ आफ्नो अभियान चलाउ“दै गए जसले गर्दा छोरी कुट्दै लैजाने अभिभावकले अहिले घरको काम सघाएर छोरीलाई भेलामा पठाउ“छन् । त्यसको प्रतिफल समूहमा प्रशिक्षकमध्ये किशोरी संख्या बढी भएको छ । चार जनाको समूहले सुरु गरेको अभियान गाविसभरिकै विद्यालयहरूमा फैलिएको छ ।
केन्द्रका अध्यक्ष मोहन शर्माका अनुसार ग्रामीण किशोर-किशोरीमा यौन समस्या धेरै हुन्छन् । लाज र डरले समस्या कसैलाई सुनाउ“दैनन् । त्यसैले बालविवाह हटाउने ५ वर्षघि सुरु भएको अभियान मोडेर यौनशिक्षा र समस्या समाधानतिर ढालिएको हो । धेरै चुनौती भए पनि अहिले जताततैबाट स्यावासी र सद्भाव पाइएको छ । अन्य संघ-संस्थाले मिलेर काम गर्न खोजिरहेका छन् ।
हुन पनि सुनगाभा केन्द्रले गाउ“मा धेरै चेतना फैलाएको छ । साथीमाझ बोल्न नसक्नेलाई प्रशिक्षक बनाएको छ । १२, १३ वर्षै बिहे गरेर जान बाध्य किशोरीलाई बिहेवारी २० पारि पुर्*याएको छ । छोरीको इच्छाविपरीत विवाह गराउने तथा बहुविवाह गर्ने र गराउनेलाई निरुत्साहित पारेको छ । बच्चा जन्माउने, रोक्नेबारे समेत सुझाव दिनथालेको छ ।
संस्थामा आबद्ध भई यौनशिक्षा सिकेपछि आत्मविश्वास बढेको किशोरकिशोरीको भनाइ छ । यौनशिक्षा अभावमा हुने संकोच र विकृति हटेको छ । केटाकेटीमा अन्तरविरोध हटेर भाइचाराको सम्बन्ध गा“सिएको छ । संस्थाकी कोषाध्यक्ष सन्तोषी गोतामे भन्छिन्, 'अहिले कुनै अभिभावकले हामी र आफ्नी छोरीलाई मर्जी नगर्राई छोरीको विवाह गराउन्नन् । यौनशिक्षा सिक्न छोरीमात्र होइन, बुहारीलाई पनि आफैं पठाउ“छन् ।'
ki kaso????
