| अस्पतालमा ताला -
01-05-2007, 11:11 PM
संखुवासभा, वैशाख १८ - अनियमितता भएको भनी जनस्वास्थ्य र अस्पताल प्रशासनमा ताला लगाएका छन् । तालाले ती कार्यालयको प्रशासनिक काम ठप्प भएको छ ।
बिरामीले उचित सेवा नपाएको, उपकरण थन्काइएको, औषधि खरिदमा अनियमितता भएको आरोप उनीहरूले लगाएका छन् । उनीहरूले स्वास्थ्य सेवाबाहेक सबै प्रशासनिक फाटमा ताला लगाएका हुन् । दर्ुइ दिनअघि मात्र जनमोर्चाले स्वास्थ्य मन्त्रालयका जिम्मेबारी पाएको छ । अनियमितता ढाक छोप गर्न नक्कली बील भर्पाई बनाउने गरिएको आरोप ती कार्यालयलाई छ ।
अस्पतालको आम्दानीे २२ लाख रुपैया“को पारदर्शीरूपमा हिसाब र्सार्वजनिक गर्नुपर्ने, साविकभन्दा बढी समय काम नगरी अतिरिक्त पारिश्रमिक लिइएको बारे प्रस्ट पार्नुपर्ने माग पनि अघि सारिएको छ । माग पूरा नभएसम्म ताला नखोलिने जनमोर्चाका संयोजक मदन अर्यालले जनाए । |