You are Unregistered, please register to gain Full access.    

New cases in Pous 2064, HIV = 175, AIDS = 26, Death = 2. HIV rate is very high in Housewives than sex workers in Nepal ! ! ! HIV status in Nepal till 2005: Total Adult=70000, Adult Prevalence (15-49)=0.55%, Number of Women (15-49) LWHA=15,310 (22%), HIV Prevalence rate in IDUs=32.7%, HIV prevalence rate in sex worker=3.8%, HIV prevalence rate in client of SW=2.1%. The latest U.N. report shows that 65 million people have been infected with HIV since it was first identified 25 years ago. Twenty five million people have died of AIDS.

Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.

Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!

You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!

If you have any problems with the registration process or your account login, please contact us.
Go Back   xenoMED > News Room > Nepal Health News
Nepal Health News Exclusive Coverage on Nepalese Health News

Reply
 
LinkBack Thread Tools Search this Thread Display Modes
(#1 (permalink))
Old
नेपाली is Offline
Senior Member
 
Thanks: 0
Thanked 117 Times in 114 Posts
चिकित्सकको लापरबाहीले मृत्यु भएको स्वीक& - 14-09-2006, 09:11 PM

काठमाडौं, भदौ २९ - पाटन अस्पतालले चिकित्सकको लापरबाहीले तीनवर्षे बालिकाको मृत्यु भएको लिखित स्वीकार गर्दै बिहीबार क्षमा मागेको छ । चिकित्सकलाई विभागीय कारबाही र बालिकाको नाउँमा ५ लाख रुपैयाँको स्मृति कोष सञ्चालन गर्ने अस्पतालले जनाएको छ ।
बान्ता र झाडापखालाबाट पीडित बालिकालाई गत सोमबार बिहान अस्पतालको आकस्मिक कक्षमा ल्याइएको थियो ।

उपचारमा हेलचक््रयाइँ गरेकाले छोरीको मृत्यु भएको गुनासो बालिकाका बुबा ओमभक्त राईले गरेेेका छन् । 'बिरामी धेरै चिन्ताजनक स्थितिमा छ भन्दासमेत डाक्टरले शय्याबाट निकाल्ने धम्कीसमेत दिए,' उनले भने । स्थिति बिग्रँदै जाँदा मंगलबार बिहान बालिका अचेत भएपछि सघन उपचार कक्षमा लगिएको थियो । उक्त कक्षमै बुधबार राति बालिकाको मृत्यु भएको हो ।

'सामान्य पहिरनमा चप्पल लगाएर आएकाहरूलाई वास्ता नगर्ने, बारम्बार आग्रह गर्दा पनि नसुन्ने अनि मर्ने अवस्थामा पुगेपछि मात्रै परीक्षण गर्न थाल्ने, यो कुन तरिका हो ?' आक्रोशित राईले भने ।

उपचाररत चिकित्सकलाई कारबाही नगर्दासम्म शव नबुझ्ने अडान लिएपछि अस्पताल र पीडित पक्षबीच बिहीबार वार्ता भएको हो । पीडित पक्षसँग लिखित सहमति भएको प्रमुख अस्पताल अधिकृत रामप्रसाद प्रजापतिले जानकारी दिए । दुवै पक्षको लिखित सहमति पत्रमा 'डा. निरोज बनेपाली र डा. विनायक ढुंगेलले लापरबाही र दुव्र्यवहार गरेकाले बालिकाको मृत्यु भई असामान्य परिस्थिति उत्पन्न भएको' उल्लेख छ ।

तर डा. ढुंगेलले आफ्नो र डा. बनेपालीको उपचारमा कुनै गल्ती नरहेको बताए । 'हामीले अन्तर्राष्ट्रिय मान्यताअनुसार पाटन अस्पतालको प्रोटोकोलमा उपचार गर्*यौं,' उनले भने ।

तीन वर्षमा करिब हजार बच्चाको उपचार गर्दा केही नभएको उल्लेख गर्दै उनले भने- 'मैले ड्युटी आवरपछि बच्चा ज्ािम्मा लगाउँदासम्म राम्रै अवस्था थियो ।' अस्पताल प्रशासनद्वारा लिखित रूपमा चिकित्सकको गल्ती स्वीकार गरेको प्रसंगमा उनले भने- 'म अस्पताललाई माया गर्छु, प्रशासनले अस्पताल बचाउन यसो गरेको होला, मलाई कुनै गुनासो छैन ।' डा. बनेपालीले सोमबार विहान ७ देखि ८ बजेसम्म आफूले उपचार गर्दा बालिकाको बान्ता मात्र भएको बताए । 'मैले आफूले भ्याएसम्म सही उपचार गरेँ, त्यसबेला स्थिति राम्रै थियो', उनले भने ।

केही चिकित्सकले उपचार सही रहे पनि यस्ता क्रियाकलापले आपत उपचारका लागि आउने बिरामीलाई हेर्न हच्किनु पर्ने अवस्था आएको बताए । 'अब हामी रिस्क मोल्न सक्दैनौं, अलिकति मात्रै शंका लागे पनि रेफर गर्छौं,' एक चिकित्सकले भने । सहमतिमा चिकित्सकद्वयमाथि विभागीय कारबाही गर्ने उल्लेख छ । उनीहरूलाई एक महिना निलम्बन गरी घटनाको छानबिनपछि अन्य कारबाहीका लागि सञ्चालक समितिमा सिफारिस गर्ने सहमतिपत्रमा उल्लेख छ । ५ लाख रुपैयाँ अस्पताल र पीडित पक्षको संयुक्त नाममा रहने गरी मृतक बालिकाको नाउँमा स्मृति कोष सञ्चालन गर्ने सहमति भएको छ । 'लिखित सहमति १० दिनभित्र अस्पताल सञ्चालक समितिमा पेस गरी अनुमोदन गर्ने गराउने टुंगो गरिएको' समेत सहमतिपत्रमा उल्लेख छ ।
- - कान्तिपुर, अतुल मिश्र


अनि मेरो नेपाल उस्तै उस्तै हो ।
Reply With Quote
The Following User Says Thank You to नेपाली For This Useful Post:
RonSijm (19-08-2008)
(#2 (permalink))
Old
drdevil is Offline
New Member
 
Thanks: 0
Thanked 8 Times in 8 Posts
Re: चिकित्सकको लापरबाहीले मृत्यु भएको स्वी - 14-09-2006, 11:15 PM

nepal ko kunai pani hospital ko emergency ma kaam garne DOc. ko awasta tyastai ho.. jati ramro gare pani there's no appreciation, and whenever there's a slight mistake, no one else but the on duty house officers in the ER are blamed. Won't there be any change ever!!!!

Can't comment much on this incident, don't know what really happened.. but most of the time there's no mistake and just the blame.
Reply With Quote
The Following User Says Thank You to drdevil For This Useful Post:
RonSijm (19-08-2008)
(#3 (permalink))
Old
Hero's Avatar
Hero is Offline
Senior Member
 
Thanks: 0
Thanked 138 Times in 124 Posts
Re: चिकित्सकको लापरबाहीले मृत्यु भएको स्वी - 15-09-2006, 02:52 AM

i agree drdevil..khattam chha stiti. hajaar jana lai treat garera ghar pathauda thank you samet bhandainan--doctor ko duty nai ho ni thik paarnu bhanera janchhan, tara kehi bhayo bhane fight khelna aauchhan, aafule sake jati ta garne ho. "chappal lagayera aayekolai waasta garenan" re? nepal maa jutta lagayera hosp aaune kati nai chhan ra? khali khutta aayeko bhaye ke garchhan ta doc le?
Reply With Quote
The Following User Says Thank You to Hero For This Useful Post:
RonSijm (19-08-2008)
(#4 (permalink))
Old
bishnurath is Offline
xenoMED Advisor
 
Blog Entries: 1
Thanks: 1
Thanked 65 Times in 65 Posts
Re: चिकित्सकको लापरबाहीले मृत्यु भएको स्वी - 15-09-2006, 09:16 AM

whatever happened was bad
it has to be thoroughly investigated nd the facts made public

if the doctors were really negligent they shud get appropriate punishment,
if the allegations of the patient party is true.......................'सामान्य पहिरनमा चप्पल लगाएर आएकाहरूलाई वास्ता नगर्ने, बारम्बार आग्रह गर्दा पनि नसुन्ने अनि मर्ने अवस्थामा पुगेपछि मात्रै परीक्षण गर्न थाल्ने, यो कुन तरिका हो ?' ..................it will have to be considered seriously

on the other hand recent increase in the acts of hostility against health institutions shud merit consideration.
did the hospital make written confession out of fear?
is there truth in statement by Dr. Banepali.........प्रशासनले अस्पताल बचाउन यसो गरेको होला.........?
if its true it will have grave consequences

statement by other doctor...........'अब हामी रिस्क मोल्न सक्दैनौं, अलिकति मात्रै शंका लागे पनि रेफर गर्छौं,'................is a predictable sequale of the incident especially so if the hospital expressed its guilt coz of fear from past instances of everest nursing home, the butawal incident etc.
and this has direct implication to the health care delivery nd utilisation.
it will also have indirect implications to the cost of health care.

so the crux for the moment is to find out the total truth
whatever be the findings, doctors nd health institutions should have safe environment to work
negligencies shud be discouraged nd no one shud be victimesed for natural human mestakes

the government has to do something


bishnurath
Reply With Quote
The Following User Says Thank You to bishnurath For This Useful Post:
RonSijm (19-08-2008)
(#5 (permalink))
Old
thinktank is Offline
New Member
 
Thanks: 0
Thanked 7 Times in 7 Posts
Re: चिकित्सकको लापरबाहीले मृत्यु भएको स्वी - 15-09-2006, 06:25 PM

what we need to realize is that, now we need to make apropriate rules in the doc pt relations and make a ethics committee which will monitor the accusations, we cant just keep giving money to whoever brings a mass and claims that the doc was irresponsible,

take at this increasing trend of giving compensation, even the govnt hospital was asked for about 20 lakhs, and the norvic i heard gave away 13 lakh, and this time patan gave 5 lakh.

its high time that the doc, esp the junior docs need malpractice insurance and protections against such accusations,

we should punish the guilty but who is to decide there was an error made, not the media or bunch of hooligans. its should be a proper neutral committee of experts.

by the way , after those two doc had seen the patient was there no senior consultant who had seen or looked at the case, " as they say for 18 hrs", why were the only two junior doc suspended, why didnt the senior overlooking them take responsibility and what was the authority looking at while they suspended them -

did u see what the patient party was saying - we are all garib, and a garib has been killed by the rich doctors, "
dd he mean that they can squeeze out money by sheer accusation, and pressure, there were so many " goru becheko nata" bhayeka haru who were shouting at the doc.

gov lai ta baal nai cha, no comments, the NMA , no comments, the council, no comments,


the more such pressure suing occurs the more malpractice will occur and the more of such negligence will happen, and the health care costs are sure to rise

so lets do our work good, hope that we dont screwed up

and refer early

Last edited by thinktank; 16-09-2006 at 11:49 AM.
Reply With Quote
The Following User Says Thank You to thinktank For This Useful Post:
RonSijm (19-08-2008)
(#6 (permalink))
Old
thinktank is Offline
New Member
 
Thanks: 0
Thanked 7 Times in 7 Posts
Re: चिकित्सकको लापरबाहीले मृत्यु भएको स्वी - 18-09-2006, 09:53 AM

from kantipur national daily, 18th sept 2006


अिस्पतालमा बिरामीको मृत्यु
उपचारको क्रममा मृत्यु हुँदा बिरामी पक्ष मर्माहत भई आवेगमा आउनुसम्मलाई पनि मानवीय समवेदनाका रूपमा लिन सकिन्छ । तर हालैका दिनमा बिरामीको मृत्यु भइसकेपछि जुन अवस्था सिर्जना भइरहेको छ, त्यसले चिकित्सा जगतलाई नै आतंकित पारिदिएको छ ।

डाक्टरले बिरामीलाई ठीक पार्न कुनै कसर बाँकी राख्दैनन् । भ्याएसम्म ज्ञान, सीप र समय खर्चेर बिरामी ठीक पार्न प्रयास गर्छन् । यो चिकित्सकको कर्तव्य नै हो । संयमित भएर उपचार गर्दागर्दै मृत्यु भइहाले लापरबाही र दुव्र्यवहारका लाञ्छना लाग्न थालेका छन् ।

हो, कसैले नियतवश बिगार गरे त्यसलाई सजाय र पीडितलाई क्षतिपूर्ति दिनुपर्छ । तर पाटन अस्पतालको घटनामा अस्पताल प्रशासनले दबाबमा आएर हतारमा निर्णय गरेझैं देखिन्छ । अस्पतालले दोष किन स्वीकार्*यो । दुई डाक्टरलाई कारबाही गर्*यो र पीडितलाई क्षतिपूर्ति दिन सहमति जनायो । गल्ती थिएन भने यसो गर्नुपथ्र्यो र ? उत्तेजित भीडको आक्रोशबाट अस्पतालमा हुनसक्ने क्षतिबाट बच्न अस्पताल प्रशासनले गल्ती स्वीकार गरेको हुनसक्छ । करोडौंको क्ष्ाति हुन नदिन केही लाखको क्षतिपूर्ति दिन स्वीकार्नु अस्पतालको बाध्यता थियो होला ।

अस्पतालले दुई डाक्टरलाई दोषी भनेर नाम सार्वजनिक गरे पनि तिनले गल्ती स्वीकारेका छैनन् । अपराधीले त आफ्नो स्पष्टीकरण दिने मौका पाउँछ, तर यस घटनामा अस्पतालले दबाबकै भरमा लापरबाहीको बिल्ला लगाइदिएको छ ।

बिरामीको मृत्यु किन भयो भन्नेबारे विशेषज्ञको टोली बनाएर अध्ययन गरिनुपथ्र्यो । ढिलासुस्ती वा हेल्चेक्र्याइँको आरोप हो भने पीडित पक्षले प्रमाणित गर्नुपर्छ, कहाँ कतिखेर कसले कति ढिलासुस्ती गर्*यो ?

यदि अस्पताल डाक्टरको लापरबाहीले मृत्यु भएको हो भन्छ भने क्षतिपूर्तिचाहिँ किन आफैं तिर्दैछ ? क्ष्ातिपूर्तिका लागि जिम्मेवार पनि तिनै दुई डाक्टर हुनुपर्ने होइन र ?

बच्चाको मृत्यु अस्पतालमा आएको करिब ४८ घन्टापछि हुँदा बिरामीलाई करिब आधा घन्टाको समयसम्म हेरेर प्रारम्भिक उपचार गरेका डाक्टर वनेपालीको लापरबाही कहाँनेर भयो ? बच्चाको अस्पतालको बसाइमा कुनै सिनियर डाक्टर -सुपरभाइजर वा कन्सल्टेन्ट) ले राउन्ड लिएका थिए वा थिएनन् ? बच्चालाई नहेरेको भए कसको लापरबाही र हेरेको भए उनीहरूले पनि यसको जिम्मेवारी लिनुपर्छ कि पर्दैन ? ल जुनियर डाक्टरले खतराको भेउ पाउन सकेनन् होला, तर सिनियरबाट पनि यस्तो कसरी हुन गयो ? मेडिकल इथिक्सअनुसार मातहतका कर्मचारीले गरेका कामको जवाफदेहिता विभागीय प्रमुखको हुन्छ, तर खोइ यस प्रकरणमा इमर्जेन्सी र बच्चा वार्डका विभागीय प्रमुखको धारणा बाहिर आएको ?

अस्पताल भर्ना भएको ३-४ दिनपछि केही भएमा आकस्मिक कक्षमा जसले पहिले बिरामी हेर्*यो, त्यसैको कठालो समातेर कारबाही गर्ने परिपाटी बसालियो भने इमर्जेन्सीमा बिरामी हेर्न को अघि सर्छ ? इमर्जेन्सीका डाक्टरहरूको काम भनेको प्रारम्भिक उपचार गरेर बिरामीलाई सम्बन्धित विभागलाई जिम्मा लगाउनु हो । वार्डमा गइसकेपछि बिरामीको अवस्था बिगि्रयो भने दोषी इमर्जेन्सीको डाक्टर हुन्छ कि सम्बन्ध्ित वार्डको ?

जतिसुकै सामान्य रोग लिएर आए पनि पहिल्यै 'जे पनि हुनसक्छ है' भन्दै बिरामी पक्षलाई उच्च जोखिमको मञ्जुरनामामा दस्तखत गराएर उपचार थाल्ने ? के आफ्नो टाउको बचाउन बिरामी पक्षलाई अनाहकमा मानसिक तनाव दिने ? कि बिरामी अलिकति पनि सिरियस देखेमा रिफर गरिदिने ?

- डा बद्री चापागाईं

दैलेख
Reply With Quote
The Following User Says Thank You to thinktank For This Useful Post:
RonSijm (19-08-2008)
Reply


Thread Tools Search this Thread
Search this Thread:

Advanced Search
Display Modes

Posting Rules
You may not post new threads
You may not post replies
You may not post attachments
You may not edit your posts

BB code is On
Smilies are On
[IMG] code is On
HTML code is Off
Trackbacks are On
Pingbacks are On
Refbacks are On


Similar Threads
Thread Thread Starter Forum Replies Last Post
प्रशासनद्वारा छानबिन औषधि खरिदमा अनियमि& नेपाली Nepal Health News 0 14-08-2006 12:15 AM
अज्ञात रोगले तीन शरणार्थीको मृत्यु ६० बिर Angel Nepal Health News 0 06-08-2006 02:16 AM
Obituary: First Nepali Female Doctor passed away at 82 Angel Message 14 04-07-2006 04:09 AM
औषधिको असरले बालकको मृत्यु नेपाली Nepal Health News 0 15-06-2006 06:51 PM
Another vandalism in a Nursing Home Oak Nepal Health News 12 26-05-2006 07:16 PM



Powered by vBulletin® Version 3.7.3
Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com
Copyright © 2005-2007 xenoMED, Kathmandu, Nepal
Hosted and Maintained by: