| औलाका १४ रोगी फेला -
28-04-2007, 06:43 PM
गुलरिया, वैशाख १४ - बर्दियामा यसै महिनाको दोस्रो सातासम्म १४ औलाका रोगी फेला परेका छन् ।तीमध्ये सामान्यखाले औलो प्लाजमोडियम भाइभेक्स १२ जनालाई र कडा खाले प्लाजमोडिम फाल्सिफारम दर्ुइजनामा उपचारका क्रममा फेला परेको स्वास्थ्य कार्यालय भेक्टर कन्ट्रोल फा“टका प्रमुख बालकृष्ण शर्माले बताए । औलो प्रभावित गाविस नेउलापुर, पाताभार र राजापुरमा नियन्त्रणका लागि विषादी र्छकने कार्य भइरहेको शर्माले बताए ।
एक वर्षा जिल्लामा १ सय ३१ जना औलोबाट प्रभावित थिए । तीमध्ये १७ जनालाई कडाखाले प्लाजमोडियम फाल्सिफारम लागेका थियो । गर्मी फैलिएपछि रगत परीक्षण गराउन आएका बिरामीमध्ये पा“च प्रतिशत औलोका बिरामी फेला पर्न थालेको स्वास्थ्यकर्मी बताउ“छन् ।
अधिकांश बिरामी राम्रो उपचार र सुविधायुक्त नेपालगन्ज, कोहलपुर र भारतका सहर जाने गरेकाले औलो बिरामीको संख्या यसभन्दा बढी हुन सक्ने अनुमान स्वास्थ्यकर्मीहरूको छ ।
सीमावर्ती गाविसका बिरामी भारतको बहराइच, लखनउ र नेपालगन्ज वा कोहलपुर उपचारका लागि जाने गर्छन् । केही दिनयता गर्मी बढेपछि टाउको दुख्ने, ज्वरो आउने र झाडापखालाका बिरामीको संख्या बढेको छ ।
जिल्ला अस्पतालका अहेब अम्बर खडकाका अनुसार दैनिक बहिरंग सेवामा ३० देखि ३५ ज्वरोका बिरामी र १० देखि १५ जना झाडापखाला लागेका बिरामी उपचारका लागि आउने गर्छन् ।
जिल्ला अस्पतालमा तीन डाक्टरको दरबन्दी भए पनि दर्ुइ वर्षेखि एक डाक्टरको मात्र उपस्थिति छ । |