| चिकित्सकमाथि सांघातिक आक्रमण कालोपट्टी & -
26-04-2007, 09:51 PM
चितवन, वैशाख १३ - दर्ुइ सहकर्मीमाथि आक्रमणको विरोधमा मेडिकल कलेज भरतपुरका चिकित्सकले बिहीबार हातमा कालोपट्टी बा“धेका छन् ।
आक्रमणकारीलाई अबिलम्ब पक्राउ गरी कारबाही नगरे चरणबद्ध आन्दोलन गर्ने चेतावनी दि“दै उनीहरूले प्रशासनमा ज्ञापनपत्र बुझाई सुरक्षाको मागसमेत
गरेका छन् । मेडिकल कलेजका आ“खा विशेषज्ञ डा. मनोज यादव र हाडजोर्नी विशेषज्ञ डा. अमित अडोलेलाई अस्पतालमा रातिको ड्युटी सकेर निवासतर्फफर्किंदै गर्दा मंगलबार राति १२ बजे अस्पताल बाहिर एक समूहले एक्कासि फलामे रड र छुरी प्रहार गरी गम्भीर घाइते बनाएको थियो । आक्रमणकारीले त्यसअघि अस्पताल बाहिर सडकमा बन्द पसलसमेत तोडफोड गरेको अस्पतालले जनायो । घाइते दुवैको त्यही“ उपचार भइरहेको छ ।
क्यान्सर अस्पताल, भरतपुर अस्पताल र अन्य नर्सिङहोमले पनि उक्त घटनाको विरोधमा कालो पट्टी बा“धे । यहा“का दलहरूले छट्टाछुट्टै विज्ञप्ति प्रकाशन गरी दोषीलाई कारबाही र चिकित्सकहरूको सुरक्षाको प्रत्याभूति गर्न माग गरेका छन् । कलेजका निर्देशक भी नटराज प्रसादले उच्छृंखल समूहले अस्पतालको गेट र इमर्जेन्सी विभागमा तोडफोड गरेको जनाएका छन् । उक्त समूहले कलेजका चिकित्सकलाई मार्ने धम्की दिएको उनको विज्ञप्तिमा उल्लेख छ । कलेजका चिकित्सक, अध्ययनरत विद्यार्थी र कर्मचारीहरूले सुरक्षा माग गर्दै प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएका छन् ।
नेपाल चिकित्सक संघका उपाध्यक्ष डा. भोलाप्रसाद रौनियारले विज्ञप्ति जारी गरी घटनाका अपराधीमाथि अविलम्ब कडा कारबाहीको माग गरेका छन् । प्रशासनले आक्रमणकारीहरूको खोजी भइरहेको दाबी गर्दै कुनै अवस्थामा पनि अपराधीहरूलाई कारबही गर्ने जनाएको छ ।
घटनामा संलग्न भएको आरोपमा प्रहरीले भरतपुर नगरपालिका-१० का मुन्ना लामा, बिरु लामा, शंकर डिम्बा लामा र उत्तम पुनलाई पक्राउ गरेको जनाएको छ ।
प्रहरी निरीक्षकद्वारा अस्पतालमा दर्ुर्व्यवहार
चिकित्सकमाथि भएको आक्रमणको यहा“ चर्को विरोध भइरहेको बेला इलाका प्रहरी कार्यालय गैंडाकोटका निरीक्षक लेमप्रताप सेनले बुधबार राति अत्यधिक मदिरा सेवन गरी मेडिकल कलेजमै अर्को बितन्डा मच्चाएका छन् ।
उनले स्वास्थ्यकर्मी र कर्मचारी हस्तबहादुर लामालाई हातपात गरेको मेडिकल कलेजले जनाएको छ ।
आफन्तलाई उपचारका लागि प्रहरीको गाडीमा आएका निरीक्षक र उनका सहयोगीले हतियार पर््रदर्शन गरी एक्कासि लामालाई हातपात गरको प्रत्यक्षदर्शीले बताए । अस्पतालका बिरामी कुरुवा र सुरक्षागार्डले राति नै सेनलाई समातेर जिल्ला प्रहरी कार्यालयका डीएसपी मायाप्रसाद शाहलाई बुझाएका थिए ।
नवलपरासीका प्रहरी प्रमुख गोविन्द निरौलाले अत्यधिक मदिरा सेवन गरेको मेडिकल रिपोर्टले प्रमाणित गरेकाले उनलाई जिल्लामा झिकाएर बिहीबार विभागीय कारबाही थालिएको बताए । गैंडाकोटमा अर्का प्रहरी निरीक्षकलाई बिहीार नै खटाइएको छ ।
यसैबीच नेपाल चिकित्सक संघले मेडिकल कलेजमा चिकित्सकमाथि भएको हमलाको भर्त्सना गरेको छ । संघले बिहीबार एक विज्ञप्तिमार्फत आक्रमणकारीलाई कडा कारबाही गर्न सरकारसँग अनुरोध गरेको छ । |