| पियनद्वारा उपचार बिरामीको मृत्यु -
02-09-2006, 09:08 PM
पियनद्वारा उपचार बिरामीको मृत्यु
दिपायल -डोटी, भदौ १७ - जिल्लाको सानागाउँ गाविसस्थित स्वास्थ्यचौकीमा पियनले उपचार गर्दा एक बिरामीको मृत्यु भएको छ । वडा- ८ नुवाकोटकी २४ वषर्ीया खिरुदेवी कुँवरलाई ज्वरो आएपछि उपचारका लागि स्वास्थ्यचौकी भर्ना गरिएको थियो ।
स्वास्थ्यचौकीमा दुई अहेव, एक मातृशिशु कार्यकर्ता, एक ग्रामीण स्वास्थ्य कार्यकर्ता, एक मुखिया र एक पियन गरी छ जनाको दरबन्दी भए पनि स्वास्थ्यकर्मी उपस्थित नभएकाले दुई सातादेखि पियनले उपचार गर्दै स्वास्थ्यचौकी सञ्चालन गरिरहेको स्थानीय बासिन्दा खड्गबहादुर खडकाले बताए ।
महिलाको मृत्युपछि स्थानीय सरस्वती माध्यमिक विद्यालयका विद्यार्थीले घटनाको विरोधमा नाराबाजी गर्दै स्वास्थ्यचौकीमा ताला लगाइदिएका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयले भने घटना बारे थाहा नभएको जनाएको छ । रासस म अनि मेरो नेपाल उस्तै उस्तै हो ।
Last edited by Angel; 02-09-2006 at 09:27 PM.
|