डा. अरुणा उप्रेती
केही अघि स्वास्थ्य मन्त्रालयका एक डाक्टरले नेपालमा मातृ मृत्युदर ५० प्रतिशत घटेर प्रति ५२० बाट २८० पुगेको तथ्य प्रकाशमा ल्याए । "धनुष्टंकारबाट हुने महिला मृत्युमा पनि केही कमी आएको छ ।" धेरै स्वयम्सेवीकाहरू भन्छन् । तर सरकारले भनेजस्तै यो कुरा पत्याउन गाह्रो पर्छ ।
"कर्ण्ाालीका ५ जिल्लामा कसरी मातृ मृत्युको अनुसन्धान गरियो
होला -" एक स्वास्थ्यकर्मी भन्छिन्- "यहा“का महिला सबैले सायदै आइरन चक्की पाउ“छन् होला - ज“चाउने कुरा त परै छाडौं ।"
"रुकुम, रोल्पा, जाजरकोट, बझाङमा पनि मातृ मृत्युदर गणना गरेर तथ्यांक निकालिएको होला र -" नर्स लक्ष्मी हुमागाईं -नाम फेरिएको) प्रश्न गर्छिन् । भिटामिन एस“ग सम्बन्धित एक विदेशी स्वास्थ्य कार्यकर्ता पनि त्यस्तै प्रश्न गर्छिन् ।
"पछिल्लो दस वर्षा मातृ मृत्युदरमा केही कमी त आएको छ होला, तर ठ्याक्कै आधा मातृ मृत्युदर घट्न सक्ने सम्भावना त कमै छ", अर्को विचार छ । यसबीच स्वास्थ्य क्षेत्रमा खासै ठूलो लगानी भएको भए जिल्ला अस्पतालमा सुरक्षित जन्म र शल्यक्रिया गर्ने व्यवस्था भएको भए त्यस्तो सम्भावना रहन्थ्यो कि । स्वास्थ्यकर्मी पुगेकै ठाउ“मा पनि कति महिला सुरक्षित तरिकाले प्रसव गर्न आउ“छन् - "आएकै महिलामध्ये कतिलाई शल्यक्रिया गर्नुपर्ने जरुरत हुन्छ, हामी पुर्*याउन कहा“ सक्छौं र -" सुदूर पश्चिमका अर्का एकजना स्वास्थ्यकर्मी प्रश्न गर्छन् । "गर्भपतन सेवा दिइने भनिएको छ, तर महिलाहरू १३ हप्ताको गर्भ बोकेर आउ“छन्, तर हामी त्यस्तालाई सेवा दिन सकि“दैन भनेर फर्काउ“छौं । अनि उनीहरू पक्कै पनि असुरक्षित तरिकाले गर्भपतन गर्न जान्छन् होला । तर यसमा हामी के गर्न सक्छौं र - हाम्रा हात बा“धिएका छन् ।"
मध्यपश्चिमाञ्चलको अस्पतालमा कार्यरत एक डाक्टर भन्छन्, "म गर्भपतन कतै अरू ठाउ“बाट गरेर, रगत बगाएर वा संक्रमण भएर आएका महिलालाई उपचार त गर्छर्ुुतर मैले सिधै गर्भपतनको सुविधा दिने तालिम लिएको छैन । मलाई थाहा छ, हाम्रा अस्पतालमा कार्यरत केही अनमि र नर्सहरू महिलालाई आफ्नो क्लिनिकमा गर्भपतनको सुविधा दिन्छन्, तर के गर्ने म आ“खा चिम्लिन्छु ।" आवश्यक पर्ूवाधारको अभावमा असुरक्षित गर्भपतन धेरै मात्रामा चलनमा छ ।
"स्रहशताब्दीमा नेपालले विभिन्न लक्ष्य हासिल गरेको छ भनेर देखाउने खेल त छैन, यसरी मातृ मृत्युदर कम देखाउनमा -" एकजना स्त्रीरोग विशेषज्ञ सोध्छिन्, 'जादूको
छडीले कसरी मातृ मृत्युदर
कम गरेको होला -'
महाराजगन्ज चिकित्साशास्त्र अध्ययन संस्थानमा कार्यरत एक स्त्रीरोग विशेषज्ञ भन्नुहुन्छ, 'पछिल्लो ५ वर्षो रर्ेकर्डमा हामीकहा“ महिला मृत्युदर उस्तै छ । केवल अत्यन्त डरलाग्दो तरिकाले गर्भपतन गराउन आउने
महिलाहरूको मृत्युदर कम भएको छ । अस्पतालको मृत्युदर त घट्नसकेको छैन भने सरकारले कुन संयन्त्र स्थापना गरेर नेपालकै मातृ मृत्युदर घटेको होला -"
एक पुरुष स्त्रीरोग विशेषज्ञ, जो दर्ुगम क्षेत्र र गाउ“मा गएर महिला स्वास्थ्य शिविर सञ्चालन गर्छन् । उनको भनाइ स्पष्ट छ, भन्छन्- सरकारले यसैगरी मृत्युदरमा कमी ल्याउने आ“कडा देखाउने हो भने सन् २०१५ सम्ममा हाम्रो देशको मृत्युदर शून्यभन्दा पनि कम हुन्छ होला ।
नेपालगन्जको भेरी अञ्चल अस्पतालमा समेत गर्भपतनको सुविधा उपलब्ध नभएको त्यहा“का डाक्टरले स्वीकार गर्नुभएको छ । "बिरामीको चाप बढी छ । गर्भपतनको सुरक्षित सेवा लिन आउने महिलाहरू आकस्मिक बिरामीमा पर्छन्, किनकि अनेक अन्तर्रर्ााट्रय संस्थाले पनि गर्भपतनको सुविधा दिएकै छन्"- डाक्टर भन्छिन् ।
सुदूर पश्चिमका विभिन्न ठाउ“बाट आउन पायक पर्ने नेपालगन्जजस्तो सहरमा त महिलाहरूलाई सुरक्षित सेवा दिनसकिएको छैन भने मुगु र रोल्पामा सेवा प्रदान गरेर मातृ मृत्युदर घटेको होला, कसरी
पत्याउने -
एकातिर स्वास्थ्य कर्मचारीहरू दस वर्षा "जनयुद्धको कारणले पियनले अस्पताल चलाएको, औषधी नपुगेको बताउ“छन् भने कसरी स्वास्थ्यसेवा वृद्धि भयो होला । योजना आयोगका एक कर्मचारी भन्छन्, "मातृ मृत्युदर अकस्मात ५० प्रतिशत कम भयो भन्ने विश्वास हामीलाई छैन ।"
समाजशास्त्री डा ऋषि अधिकारी भन्नुहुन्छ, "मातृ र शिशु मृत्युदर हर्ेदा ठूलो जनसंख्यामा यो गरिनर्ुपर्छ । सीमित ठाउ“मा सीमित जनसंख्यामा गरिएको आधारमा यस्तो तथ्यांक निकाल्नु गलत हुन्छ ।"
अन्तर्रर्ााट्रय संस्था केयर नेपालस“ग सम्बद्ध डा करुणा वन्तको भनाइ पनि त्यस्तै छ । उहा“ पनि मातृ मृत्युदरमा यस्तो कमी आएको विश्वास गर्नुहुन्न । "नेपालका दर्ुगम जिल्लाहरूमा अझै सुरक्षित सेवा पुग्नसकेको छैन, भएका सुडेनीलाई तालिम दिएर उनीहरूको सेवाबाट फाइदा लिनुको सट्टा बेवास्ता गरिएको छ । सबै ठाउ“का अस्पतालमा डाक्टर पुर्*याएर सुडेनी चाहि“दैन भनेको भए एउटा कुरा हुन्थ्यो । तर सुडेनीलाई वास्ता नगर्ने अनि सबै ठाउ“मा सुविधा पुर्*याउ“छु भन्ने - यस्तो कसरी सम्भव छ -"
