| चिकित्साक्षेत्रमा संहिताको खाँचो -
29-08-2006, 12:12 AM
चिकित्साक्षेत्रमा संहिताको खाँचो
मानवीय जीवनमा चिकित्साविज्ञानको उपलब्धि प्रमुख मानिन्छ । खासगरी चिकित्साविज्ञानले ँसास रहुञ्जेल आश’ को विकल्पमा ठूला ठूला आविष्कार गरेको मात्र होइन असाध्य मानिने रोगहरूको उपचारमा कैयौँ औषधि र प्रविधि भित्र्याउँदै निदान गर्ने र खोज्ने काम गरेको पाइन्छ । हाम्रो सर्न्दर्भमा नै हर्ेर्ने हो भने अहिले आमसमुदायले खर्च गर्नसकेको र भ्याएको खण्डमा अकाल मृत्युवरण गर्नुपर्ने विडम्बना देखिँदैन । जोखिमभन्दा जोखिम ठानिएका शल्यक्रियादेखि कठिनभन्दा कठिन मानिएका उपचार पद्धतिका कारण पर्ुनर्जन्मकै स्वरूपमा तन्दुरुस्त भएका थुप्रै व्यक्तिविशेष भेटिन्छन् । यद्यपि चिकित्साविज्ञानको यही विकसित स्वरूप र उपलब्धिसँगै बेलाबखत विस·ति, विकृति, विडम्बना र विमतिका केही विरोधाभास सर्न्दर्भ भने हामीबीच नदेखिएको होइन । यदाकदा विभिन्न क्षेत्रमा चिकित्सकको नाममा भेटिने र देखिने नक्कली डाक्टरहरूको बिगबिगी, उपचार विधिमा देखाइने मनपर्दी, एउटा रोग र स्थानको औषधोपचारको सट्टा हुनजाने त्रुटि, उपचारको महँगो शुल्क असुल्ने परम्पराले गर्दा चिकित्सा क्षेत्र विवादास्पद बन्दै विरोधी स्वर र लहरको चपेटामा परेको देखिएको छ । जसका कारण डाक्टरहरूको क्लिनिकमा हुने झडप, अस्पताल परिसरमा देखापर्ने झैँझगडासँगै हड्ताल एवं स्वास्थ्यकर्मीहरूको आन्दोलनलाई सबैले नचाहेरै भए पनि भोग्नु र देख्नुपर्ने भएको छ । वास्तवमा उपचारक्रममा रोगी पक्षले जब-जब अस्पताल वा स्वास्थ्यकर्मीहरूको लापरवाही महसुस गर्छन्, तब-तब त्यहाँ मनोमालिन्य र आक्रोशले जन्म लिई तनाव सिर्जना गर्ने कुरालाई हामीले बिर्सनुहुँदैन । अझ उपचार गर्दैजाँदा जब भर्ना भएको रोगी वा घाइतेको निधन हुनजान्छ तब त झन् तनावको त्यस परिस्थिति र माहौलमा घ्यू थपिनजाने देखिँदै आएको छ । यसप्रकारले अचेल जीवनदानका लागि व्यवस्थित उपचार एवं औषधिको जोगाड गरिदिने कर्म र कर्मीहरू प्रायशः विवादको घेरामा किन र कसरी पर्नेगरेका हुन् - यसप्रति समसामयिक बहस र यथोचित मन्थन अनिवार्य हुन आएको छ ।
यसैबीच फेरि चिकित्साक्षेत्रलाई कलड्ढति बनाउने किसिमको एउटा समाचार प्रकाशमा आएको छ । जसअनुसार पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालले मृत घोषणा गरिसकेको शिशु १० घण्टापछि ज्यँुदै पाइएपछि सो स्थिति देखिएको हो । स्याङ्जा जिल्ला सेखाम गाविस-४ निवासी पुरन थापाकी ३४ वषर्ीया श्रीमती मञ्जु थापाले जन्माएकी शिशु स्वास्थ्यकर्मीहरूले मृतक घोषणा गर्दै आमाको पेटीकोटले बेरेर प्लास्टिकमा राखेर त्यत्तिकै खाटमुनि राखिएका अवस्थामा शिशुको दाहसंस्कार गर्न घाट लग्दा जीवितै पाइएपछि अहिले सोही अस्पतालको इन्क्युवेटरमा राखेर उक्त शिशुको उपचार भइरहेको अवस्थालाई अभिभावकहरूले पर्ुनर्जन्मको अनुभूति स्वीकारे पनि चिकित्साक्षेत्रको त्रुटिमाथि भने सबैको आँखा गड्न पुगेको छ । अस्पताल सूत्रले शिशु जन्मेपछिको अवस्थामा रातो हुनुपर्ने, सास चल्नुपर्ने र रूनुपर्ने जस्ता लक्षणहरू नभेटेर मृतक घोषणा गरेको दलिलमा आफूलाई चोख्याउने काम गरेका भए पनि र त्यसलाई शिशुका अभिभावक पक्षले अहिलेसम्म स्वीकारेको पाइए पनि वास्तवमा यो घटनाक्रम अक्षम्य प्रकृतिको भएको स्वीकार्नैपर्छ । मृत्यु र जीवन दर्ुइ बेग्लाबेग्लै अहं सबालबीच सधैँ उभिनपुग्ने चिकित्सा विज्ञान, चिकित्सा क्षेत्र एवं चिकित्सकहरूको मनोदशाभित्र यो र यस्ता घटनाक्रमले सधैँ सचेतता र सजगताको पाठ सिकाउँछ नै । जसलाई यथासमयमा नै आत्मसात् गरेर उनीहरूले चाल्नु जरूरी मात्र होइन अपरिहार्यसमेत छ । एउटा प्रचलित भनाइ छ- ँटाउकोको औषधि नाइटोमा लाई’ । यस्ता खालका कुरीकुरी र लज्जास्पद व्यङ्ग्यवाणबाट माथि उठ्न मात्र नभएर त्यस किसिमका विडम्बनाको पुनारावृत्ति हुन नदिन स्वास्थ्य र उपचारविधि विषयक संहिता निर्माणको खाँचो पनि टड्कारो देखिएको छ । आज जति पनि मनपर्दी, मनोमालिन्य र मतभेद उपचार क्रममा क्लिनिक, अस्पताल परिसर वा स्वास्थ्यक्षेत्रमा देखिएको छ, ती सबै उपचारपछि निको भए ठीकै नभए मात्र बेठीक रूपमा समेत देखिँदै आएको छ । त्यसले गर्दा समसामयिक, सान्दर्भिक एवं समयसापेक्ष नियम, कानुनसँगै आचारसंहिताको निर्माण र गम्भीर अनुगमनले मात्र चिकित्साक्षेत्रलाई अझ मर्यादित र सजग बनाउने कुरामा शड्ढा छैन । म अनि मेरो नेपाल उस्तै उस्तै हो । |