| परिवार नियोजनको घाउ संक्रमित -
23-04-2007, 06:02 AM
बारा, वैशाख ९ - परिवार नियोजनका लागि शल्यक्रिया गरिएका घाउ संक्रमित भएपछि पीडित ४० महिलाले निःशुल्क औषधि उपचार र क्षतिपर्ूर्ति माग्दै आइतबार जिल्ला जनस्वास्थ्य कार्यालयमा उजुरी हालेका छन् । पीडितमा परम्परा तोडी परिवार नियोजन गर्ने मुस्लिम महिलाहरूको संख्या
आधाजसो छ ।
पिपरपाती पचरौतामा गत पुसमा सञ्चालित शिविरमा नियोजन गराएका ती महिलाको संयुक्त उजुरीमा माग पूरा नभए आन्दोलन गर्ने चेतावनी दिइएको छ । उजुरी दिने महिलाले तत्काल गाउ“मा अनुगमन टोली खटाउनसमेत माग गरेका छन् ।
सामान्यतया यस्तो शल्यक्रियाको घाउ दर्ुइ सातामा निको हुने चिकित्सक बताउ“छन् । तर टा“का लगाएको स्थान पाकेको, दुख्ने, पीप बग्न्ो, चार-पा“चवटासम्म गा“ठो आउने, तल्लो पेटको भाग रातो हुनेलगायत समस्या भएको पीडितले बताएका छन् ।
जनस्वास्थ्य कार्यालयको आयोजनामा कलैया अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. रामलखन साहको टोलीले विभिन्न स्थानमा शिविर सञ्चालन गरेको थियो । सिमरा, कलैया, गोलागन्जलगायतका स्थानमा सञ्चालित शिविरमा नियोजन गराएका महिलामा पनि यो समस्या आएको छ ।
पुस २३ देखि अस्पतालमै सञ्चालित शिविरमा नियोजन गरेकी कलैया-७ की मीनमाया श्रेष्ठले प्रायः सबै महिलामा यो समस्या रहेको बताइन् । सोही वडाकी लालपरी देवीले जनस्वास्थ्यमा गुनासो गर्न जा“दा कर्मचारीले चासो नदेखाई दर्ुर्व्यवहार गरेको बताइन् ।
संक्रमणका कारण मुस्लिम महिलामा भने नियोजनप्रति नै अनास्था देखिएको छ । 'जातीय परम्परा तोडेर जोखिम उठायौं तर हामीलाई यो सेवाप्रति नै अविश्वास जाग्यो,' पीडित मुस्लिम एक महिलाले भनिन् ।र्
धर्मनगर-९ का रामानन्दप्रसाद यादवले पत्नी चन्द्रावतीको उपचारमा ५ हजार रुपैया“भन्दा बढी खर्च भइसकेको बताए ।
एक दिन बिराएर पत्नीलाई अस्पतालमा घाउ सफा गराउन ल्याउनुपरेको उनले गुनासो गरे । पीडितमध्ये केही मोतीहारी अस्पतालमा शल्यक्रियाका लागि भर्ना भएको अमृतगन्ज-३ का भागिरथप्रसाद कुशवाहाले सुनाए । उनको परिवारमा तीनजना पीडित छन् । गुनासो आउन थालेपछि डा. साह र जनस्वास्थ्य प्रमुख परशुराम श्रेष्ठ दर्ुइ सातादेखि अनुपस्थित रहेको उनले बताए । शिविरका प्रभावबारेे आधिकारिक जानकारी नआएको जनस्वास्थ्य निमित्त प्रमुख अमलेश्वर मिश्रले बताए ।
शिविरमा खटिएकी एक परिचारिकाले शल्यक्रियामा प्रयोग गरिएको जाइलोकन र क्याटगड नामक धागो गुणस्तरहीन रहेकाले समस्या आएको दाबी गरिन् । |