पा“चथर, वैशाख ९ - भारत र विदेशमा रहेका नेपाली र भारतीय दूतावासको सहयोगमा गोपेटारमा दर्ुइवटा एम्बुलेन्स सञ्चालनमा आएका छन् । राजदूतावासले गोपेटार स्वास्थ्य केन्द्रलाई एम्बुलेन्स प्रदान गरेको हो । बेल्जियममा रहेका पद्म योङहाङ, सविन मावोलगायतको सक्रियतामा उठेको रकमबाट यसअघि एम्बुलेन्स सञ्चालनमा आइसकेको छ । यसबाट पा“चथर र ताप्लेजुङका २० भन्दा बढी गाविसका बासिन्दालाई सुविधा पुगेको स्थानीयले बताए ।-
कान्तिपुर