इटहरी, वैशाख ९ - आठ वर्षेखि प्रयोगविहीन भवनलाई एक औद्योगिक समूहलेे अस्पताल बनाएको छ ।
सुनसरी-मोरङ औद्योगिक करिडोर क्षेत्रअर्न्तर्गत बा“सबारीका बासिन्दाले झन्डै २५ लाख चन्दा संकलन
गरेर बनाएको भवन त्यसै थन्किएको थियो । विशाल ग्रुपको गोरधनदास-कमलावती परोपकारी प्रतिष्ठानले भवनमा तीन शय्याको अस्पताल सञ्चालन गर्न झन्डै ३५ लाख रुपैया“ लगानी गरेको हो ।
अस्पतालबाट एक दर्जन गाविस र औद्योगिक क्षेत्रका हजारौं मजदुर लाभान्वित हुनेछन् ।
प्रतिष्ठान सञ्चालक तुलसीराम अग्रवालले अस्पतालका लागि बर्सर्ेे ६ लाख रुपैया“ प्रदान गरिने बताए । अस्पतालमा एमबीबीएस स्तरका चिकित्सक, ३ स्वास्थ्य सहायक, नर्सको दरबन्दी रहने आपतकालीनलगायत सेवा प्रदान गर्न थालिएको छ । -
कान्तिपुर