विराटनगर, वैशाख ५ - पत्थरीको शल्यक्रिया गर्न ल्याइएकी एक बिरामीको चिकित्सकको लापरबाहीले मृत्यु भएको आरोप आफन्तले लगाएका छन् । लापरबाही ढाकछोप गर्न स्थानीय एक नर्सिंङहोमले आफूहरूलाई खर्च नलिने भनेर प्रभावमा पारेको उनीहरूले जनाएका छन् ।
झापा दमक-३ भाङबारीकी ६४ वषर्ीया सुशीला देवानलाई पित्तथैलीमा पत्थरी भएपछि विराट नर्सिङ होमका डा. आरके साबुले शल्यक्रिया गरेका थिए । शल्यक्रियाको तीन दिनपछि उनलाई डिस्चार्ज गरिएको थियो । तर पेट अत्यधिक दुःखेका कारण उनलाई पुन नर्सिङहोममा भर्ना गरियो ।
पेटमा पानी जमेको भनी डा. साबुले २ सय एमएल पानी सिरिन्जबाट निकालेका थिए । चिकित्सकले पानीमात्र निकालेको भने पनि बिरामीका आफन्तले रगत र पिपसहित निकालिएको आफूहरूले देखेको बताए । त्यसको तीन घन्टापछि बिरामी पूरै बेहोस भएको र चैत २९ गतेदेखि आईसीयूमा भ्यान्टिलेटर दिएर राखिएकामा सोमबार मृत्यु भएको हो ।
मृतकका छोराहरू चाइनाचुङ देवान र हिमालचुङ देवानले विज्ञप्ति जारी गरी जन्डिस हु“दाह“ुदै शल्यक्रिया गरिएको र त्यसअघि फिजिसियनको सल्लाह नलिएको उल्लेख छ । नर्सिङहोमले बाहिर मेडिकलमा ३ हजार ५ सयमा पाइने एल्बोमिन नामक औषधि एक बोतलको ५ हजार ५ सय रुपैया“ लिएर ठगी गरेको पनि जनाएका छन् ।
बिरामी कोमामा गएपछि डाक्टरको हेलचेक्र्याइ“ले यस्तो भएको हो भनी असन्तोष व्यक्त गरेपछि नर्सिङहोमका डाइरेक्टर गणेश कार्कीले शल्यक्रिया, औषधि उपचार र आईसीयूमा राखेको गरी २ लाख रुपैया“ छुट दिएर गल्तीलाई ढाकछोप गर्न खोजेको विज्ञप्तिमा उल्लेख छ । कार्की भने शल्यक्रियामा त्रुटि र हेलचेक्र्याइ“ नभएको दाबी गर्दै मानवीय सहयोगस्वरूप खर्च नलिएको बताए । -
कान्तिपुर