औषधिको टेन्डर बन्द
नेपाल समाचारपत्र
औषधि निर्माताहरूले गतवर्षो भन्दा ३० देखि १०० प्रतिशतसम्म मूल्यवृद्धि गरी औषधि आपूर्तिको बोलपत्र पेश गरेपछि सरकारले टेन्डर नै रद्द गरेको छ।
स्वास्थ्य मन्त्रालयअर्न्तर्गतको आपूर्ति व्यवस्था महाशाखाले यसपटकदेखि स्वास्थ्य संस्थामा पठाउने औषधि विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसारको स्तरीयताको प्रमाणपत्र -जीएमपी पाएका कम्पनीबाट मात्र खरिद गर्ने नीति लिएपछि त्यस्तो प्रमाणपत्र पाएका कम्पनीले मह“गो मूल्य राखेर बोलपत्र पेश गरेका हुन्। यसका लागि फेरि ग्लोबल टेन्डर गर्ने तयारी महाशाखाले गरेको छ।
स्वास्थ्य संस्थाका लागि अत्यावश्यक ५६ प्रकारका औषधि र चिकित्सा सामग्री खरिदका लागि जीएमपी पाएका कम्पनीबाट महाशाखाले यसअघि प्रस्ताव माग गरेको थियो। तर, माग गरिएका ५६ थरी सामग्रीमध्ये केबल २४ वटाका लागि आवेदन परे पनि गतवर्षो भन्दा मूल्य निकै बढी भएको बताइएको छ।
२०६४ असारदेखि २०६५ असारसम्म स्वास्थ्य संस्थाका लागि यो औषधि र सामग्री खरिद हुन लागेको हो। झन्डै १२ करोड रुपिया“को सो औषधिका लागि आधा रकम नेपाल सरकार र आधा जर्मन दातृ निकाय केएफडब्ल्यूले बेहोर्ने सहमति रहेको स्वास्थ्यसेवा विभागका महानिर्देशक डा. महेन्द्रबहादुर विष्टले बताउनुभयो।
नेपालमा करिब तीन दर्जन औषधि कम्पनीहरू रहे पनि आधा दर्जनले मात्र डब्ल्यूएचओ जीएमपी प्रमाणपत्र पाएका छन्। आगामी वैशाखभित्र सबै कम्पनीले डब्ल्यूएचओको जीएमपी मापदण्ड पूरा गर्नैपर्ने बाध्यात्मक व्यवस्था औषधि व्यवस्था विभागले गरेको छ।
जीएमपीप्राप्त कम्पनीहरूद्वारा लगाइएको सरकारले आफनो स्तरीय औषधि नकिनेको भन्ने आरोप र दातृ निकायको दबाबको चेपुवामा परेको सरकारले नेपालमा पहिलोपटक जीएमपीप्राप्त कम्पनीबाट औषधि किन्ने निर्ण्र्य गरेको थियो। पर्याप्त र प्रतिस्पर्धी मूल्यको प्रस्ताव नआएका कारण’ अब सरकारले ५६ मध्ये ब्यान्डेजसहितका १५ सामग्रीमा जीएमपी नभए पनि हुने गरी अर्का बोलपत्र र्सार्वजनिक गर्न लागेको छ।
जीएमपीयुक्त कम्पनीका उत्पादन मात्रै खरिदको व्यवस्था गर्दा निकै मह“गो मूल्यका बोलपत्र परे, नियमत हामी खरिद गर्दै आएभन्दा १० प्रतिशत ज्यादा मूल्यमा खरिद गर्न सक्दैनौं, त्यसैले टेन्डर रद्द गरिएको हो - आपूर्ति व्यवस्था महाशाखाका निर्देशक डा. महेन्द्रकेशरी क्षेत्रीले भन्नुभयो। औषधि खरिदको प्रक्रिया लम्बिए पनि यो खरिद आगामी वर्षा लागि भएकाले स्वास्थ्य संस्थामा औषधिको कमी नआउने उहा“ले बताउनुभयो।