क्यान्सरपीडितलाई उपचारको समस्या
कान्तिपुर
तनहुँ, साउन १८ - सानै छँदा नाकमा आएको सानो खटिरा उमेरसँगै बढ्दै गएर हेमराज गुुरुङको अनुुहार अहिले अस्वाभाविक मात्र भएको छैन, जिन्दगी नै पीडादायी भएको छ । सदरमुुकामबाट दक्षिण छिपछिपे-९ लुुङरिङका २३ वषर्ीय गुुरुङको अनुुहारमा मासुुको डल्लो बढेर समस्या भएको हो । मासुुको डल्लाले उनको नाक, गाला, चिउँडो र मुुख छोपिएको छ । उनलाई खान, बोल्न, सुुत्न हिंड्नसमेत गाह्रो छ ।
'म ६ महिनाको हुुँदा नाकमा सानो गिर्खा पलाएको थियो रे, आमाले भन्नुुभएको' हेमराज भन्छन्- 'पछि झन्झन् ठूलो भयो । हेर्नुुस् त अहिले यो बढेर आँखै छोपिसक्यो ।' मासुुको डल्लाले उनको दाहिने आँखा पुुरेर हेर्नै नहुुने भएको छ । अलि समयपछि देब्रे आँखा पनि उसै गरी पुुरिएला ।'
कुुटो-कोदालो गरेर दुुई छाक मुुस्किलले जुुटाउँदै आएका बाबुु टकबहादुुरले उनलाई २०४७ सालमा उपचारका लागि भरतपुुर लगेका थिए । 'त्यति बेला म ८ वर्षको थिएँ,' हेमराज भन्छन्- 'डाक्टरले अप्रेसन गरे । अलि निको भएजस्तो पनि भयो । अस्पतालमा गइरहनुुपर्ने थियो । पैसा नभएर जान छाडियो ।' दमौली अस्पतालका डाक्टर दीपकराज काफ्लेका अनुुसार यो अति जटिल खालको क्यान्सर हो काफ्लेले भने ।