| तिम्ल्याहा जन्मिए -
12-04-2007, 09:38 PM
धरान, चैत २९ - इलामको चुलाचुली-१ कमल गाउ“की २५ वषर्ीया सुखमाया जवेगुले एकैसाथ तीन शिशु जन्माएकी छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी उनी एकैसाथ एक छोरा र दर्ुइ छोरी जन्माइन्् । छोराको तौल २ केजी ५० ग्राम छ भने छोरीहरूको तौल १ केजी ७ सय ग्राम छ । प्रतिष्ठानका चिकित्सकहरूले शल्यक्रिया गरेर शिशुहरूलाई सकुशल निकालेका थिए । सुखमायाको बहिनीहरू पनि जुम्ल्याहा नै छन्् । उनका ठूलीआमाहरू पनि जुम्ल्याहा नै हुन्् । पेटमा तीन सन्तान भए पनि सुत्केरी बेथाले प्राकृतिक रूपमा नच्यापेपछि आमा र शिशुको ज्यान बचाउन इमर्जेन्सी लोयर सेग्मेन्ट सिजेरियन सेक्सन प्रविधि अपनाएर शल्यक्रिया गरिएको प्रसूति विशेषज्ञ डा. ध्रुव उप्रेतीले बताए ।
आमा र छोराछोरीको स्वास्थ्य स्थिति सामान्य छ । सुखमायाले तिम्ल्याहा शिशु जन्माएको थाहा पाएपछि प्रतिष्ठानमा हर्ेर्नेहरूको भीड लागेको थियो । |