| गर्भपतन सेवा दर्ुइ वर्षेखि बन्द -
12-04-2007, 05:10 AM
बा“के, चैत २८ - भेरी अञ्चल अस्पतालमा सुरक्षित गर्भपतन सेवा दर्ुइ वर्षेखि बन्द छ । सेवाका लागि निजी क्लिनिकमा भीड लाग्ने गरेको छ । मध्यपश्चिमकै सबैभन्दा ठूलो सरकारी अस्पतालमा सेवा नपाएपछि महिलाहरू क्लिनिकबाट गर्भपतन गराउन बाध्य छन् ।जनशक्ति अभावले सेवा बन्द गरेको अस्पतालले जनाएको छ । सुरक्षित गर्भपतनका लागि तालिम लिएका चार चिकित्सकमध्ये अहिले डा उषा शाह र कुमारसान शाहमात्र छन् । सेवा सुरुवातको केही महिनापछि डा विमलप्रसाद ढकाल र डा. आनन्दको सरुवा भएपछि सेवा अवरुद्ध भएको हो । अनिच्छित गर्भ बोक्न र बच्चा जन्माउन महिलाहरू बाध्य भएपछि सरकारले तीन वर्षघि विभिन्न अवस्थामा १२ हप्तासम्मका गर्भपतन गराउन पाउने कानुनी व्यवस्था गरेको थियो । सेवा बन्द भएकाले महिला पहिलेझैं असुरक्षित गर्भपतन गराउन बाध्य छन् । |