| उपचार नपाएर बालकको मृत्यु -
31-07-2006, 10:24 AM
उपचार नपाएर बालकको मृत्यु
कान्तिपुर
सिरहा, साउन १४ - सिरहा अस्पतालका चिकित्सकले उपचार गर्न नमानेपछि एक बालकको मृत्यु भएको हेा ।
ज्वरोबाट सिकिस्त भएका सिरहा गौरीपुर- २ का चौधरी महतोका ८ वषर्ीय छोरा अनन्त महतोको उपचार नपाएर मृत्यु भएको हो । आकस्मिक सेवामा हडताल रहेको भन्दै सिरहा अस्पतालका चिकित्सकले उपचार गर्न अस्वीकार गरेका थिए । बिरामीका अभिभावकले अनुरोध गर्दा पनि चिकित्सकले बिरामीको उपचार गर्न नमानेको बालकका बुवा चौधरीले बताए । त्यहाँ उपचार नपाएपछि श्रीएचपी पोलिक्लीनिक लादै गर्दा छोराको मृत्यु भएको उनले बताए । चिकित्सककै लापरवाहीका कारण एक बिरामीको मृत्यु भएको भन्दै गत शुक्रबार पीडितका आफन्तले अस्पताल तथा मेडिकल सुपरिडेन्टेन्ट राजकुमार चौधरीको निजी क्लिनिकमा तोडफोड गरेका थिए । तोडफोडका दोषीलाई कारवाहीको माग गर्दै स्वास्थ्यकर्मीले सम्पूर्ण सेवा गत शनिवारदेखि बन्द गरेका थिए । म अनि मेरो नेपाल उस्तै उस्तै हो । |