| इन्सेफ्लाइटिसविरुद्ध कैलालीमा खोप इन्सेफ्लाइटिसविरुद्ध कैलालीमा खोप
कान्तिपुर
धनगढी, साउन १४ - वर्षेनि महामारीको रूपमा देखापर्ने जपानिज इन्सेफ्लाइटिस नियन्त्रणका लागि अभियानमा सुरु भएको छ । जिल्लाका झन्डै ६ लाख बासिन्दाले खोप
लगाएका छन् ।
ग्लोबल फन्डको सहयोगमा नेपाल सरकारले पहिलोपल्ट कैलालीमा निःशुल्क इन्सेपmलाइटिस विरुद्धको खोप दिइएको हो । असार २४ गते देखि साउन १० गतेसम्म चलेको खोप अभियानमा जिल्लाभर पाँच लाख ९२ हजार १ सय ४७ जनाले खोप लगाएका छन् । एक खोपको बजारमा साढे नौ सय रुपैयाँ लाग्छ ।
जिल्ला जनस्वास्थ्य कार्यालय औलो तथा इन्सेफ्लाइटिस प्रकोप शाखाका यम बरालका अनुसार खोप अभियान अपेक्षाअनुसार सफल भएको छ । उनका अनुसार जिल्लाका ९२ प्रतिशतले खोप लगाएका छन् । गत वर्षको तथ्यांकअनुसार गर्भवती महिला र एक वर्षमुनिका बालबालिकालाई छोडेर ६ लाख ५६ हजार २ सय १५ जनालाई खोप लगाउने लक्ष्य राखिएको थियो ।
कैलाली ४२ गाविस र दुई नगरपालिकामध्ये दरख, प्रतापपुर, मलाखेती र धनगढी नगरपालिकामा शतप्रतिशतले खोप लगाएका छन् । टिकापुर नपामा पनि ९० प्रतिशतभन्दा बढीले नै खोप लगाएका छन् । कैलालीको पहाडी गाविस खैरालामा ६२ प्रतिशतले मात्रै खोप लगाएका छन् । |  Article Tools | | |
 Featured Articles | | | | | |