पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरा हातामा भएको औषधि पसलले मासिक करिब सात लाख भाडा तिर्ने कबोलमा औषधि पसल सञ्चालन गरिरहेको छ । अस्पतालका अनुसार टेन्डरबाट उक्त भाडा निर्धारित भएको हो । बर्सर्ेे भाडाका रूपमा करिब ८४ लाख अस्पताललाई तिर्ने औषधि पसलले कतिको नाफा गरिरहेको होला - अस्पताल हातामा औषधि पसललाई भाडामा राख्ने क्रममा पोखराको सरकारी अस्पताल एक्लो होइन । अस्पताल हातामा एक र बाहिर सात गरी जम्मा आठवटा औषधि पसलले वीर अस्पताललाई उच्च भाडा तिर्दै छन् ।
यस्तै त्रिवि शिक्षण अस्पताल, प्रसूति गृह, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताललगायतका विभिन्न सरकारी तथा गैरसरकारी अस्पतालमा उच्च भाडा दर तिरेर औषधि पसल सञ्चालनमा छन् । सरकारी क्षेत्रमा पाटन अस्पतालले भने आफ्नै फार्मेसी सञ्चालन गरिरहेको छ ।
अस्पताल हाता वा छेउछाउ लाखौं भाडा तिरेर औषधि पसल चल्नुपछाडिको रहस्य अत्यधिक फाइदा हो भन्नुमा कसैको दर्ुइ मत हुन सक्दैन । यस्तै अस्पताल हातामा उच्च भाडा तिरेर सञ्चालित पसलहरूमा औषधिको मूल्य बिहान एक थरी तर राति अर्कै थरी हुने गरेको उपभोक्ताले भोग्दै आएका छन् । सिफारिस गरिएका औषधिको सट्टा कमसल कम्पनीको उच्च कमिसन भएको औषधि भिडाउने गरेको चेतनशील उपभोक्ताको अनुभव छ । अस्पताल हातामा सञ्चालित औषधि पसल उच्च भाडामा दिएर निजी क्षेत्रबाट सञ्चालन गर्ने एक दशकअघि सुरु भएको परिपाटीले तीव्र व्यापारिक रूप लि“दै गएको छ ।
पाटन अस्पतालजस्तै अन्यमा समेत आफ्नै फार्मेसी भए औषधिको गुणस्तर, मूल्यलगायत नियन्त्रण गर्न सकिन्छ । औषधि व्यापारमा हुने कमिसनको खेलबाट अस्पतालद्वारा सञ्चालित फार्मेसी धेरै हदसम्म मुक्त हुन्छन् । औषधि नियन्त्रण, अनुगमन गर्न असजिलो हुने भएकाले अस्पताल हातामा निजी क्षेत्रको औषधि पसल खोल्न दिन हुने/नहुनेतर्फगम्भीर विचारविमर्श गर्न जरुरी छ । पाटन अस्पतालले पुर्*याउन सक्ने सुविधा अन्य सरकारी अस्पतालले बेवास्ता गर्नु न्यायसंगत छैन । सरकारी नीतिमा एकरूपता लागू हुन नसकेको यो उदाहरण पनि हो । सरकारी अस्पताल पुग्ने जोकोही बिरामीले सुपथ मूल्यमा गुणस्तरीय औषधि पाउने अधिकार हो । सरकारले नागरिकको त्यो अधिकार संरक्षण गर्न र्सवप्रथम अस्पताल हातामै निजी क्षेत्रबाट उच्च भाडामा औषधि पसल चलाउन दिने नीति तत्काल पुनरावलोकन गर्नुपर्छ ।
तीन रुपैया“ पर्ने भिटामिन झोल औषधि बजारमा ७० रुपैया“सम्म पर्ने गरेको छ भने त्यो व्यापारीकरणको चर्को उदाहरण हो । उपचार मह“गो हुनु, औषधि मह“गो हुनु, बेलाबेला जनसाधारणको स्वास्थ्य जा“च प्रक्रियामा हेलचेक््रयाइ“ भइरहेका कारण कतिपय उपचार केन्द्रमा रोगीका आफन्तले धर्ना दिने र आगजनीसमेत गरेका घटनालाई गम्भीरतापर्ूवक नलिने हो भने स्वास्थ्य क्षेत्र बदनाम भइरहनेछ । स्वास्थ्य संस्था, चिकित्सक एवं सरकारी पक्षले समेत आवश्यक ध्यान पुर्*याउन आवश्यक छ । औषधि व्यवस्था विभागले औषधि बिक्रीवितरण अनुगमन, नियन्त्रण गर्दा देशभरिका लागि औंलामा गन्न सकिने औषधि नियन्त्रकहरूबाट कति सम्भव होला भन्ने पनि उत्तिकै विचारणीय छ ।
साभार : सम्पादकीय,कान्तिपुर Ekantipur - Nepal's No. 1 Online News Site हैन के बिधि हो यो????