| विद्यार्थीको विरोध प्रदर्शन -
24-07-2006, 10:02 PM
विद्यार्थीको विरोध प्रदर्शन
नेपाल समाचारपत्र
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् -सीर्टर्ीइभीटी) र पर्ूवाञ्चल विश्वविद्यालयअर्न्तर्गतका विद्यार्थीले शिक्षा मन्त्रालय मूलगेटअघि छुट्टाछुट्टै गरेको पर््रदर्शनले सोमबार बिहान सा“ढे ११ बजेदेखि झन्डै पा“च घण्टा मन्त्रालयअगाडिको वातावरण तनावग्रस्त र³यो।
पर््रदर्शनका कारण सो क्षेत्रमा यातायात ठप्प भएपछि रत्नपार्क, जमल, दरबारमार्ग, ठमेल, लैनचौरक्षेत्रको ट्राफिक व्यवस्थापन अस्तव्यस्त भएको थियो। पर््रदर्शनका कारण मन्त्रालय मूलगेट बन्द गरिएपछि पा“च घण्टासम्म कोही पनि मन्त्रालय छिर्न र बाहिरिन पाएनन्।
सीर्टर्ीइभीटीअर्न्तर्गत देशभरका मेडिकल इन्स्िटच्युटमा प्रमाणपत्र तह वा सोसरह अध्ययनरत विद्यार्थीले आफूहरूले स्नातक तह पढ्न पाउनर्ुपर्ने माग गर्दै मन्त्रालयअगाडि धर्ना दिएका थिए। कार्यक्रम संयोजक सन्तोष जोशीले सीर्टर्ीइभीटीअर्न्तर्गतबाट हेल्थ एसिस्टेन्ट उत्तीण्ाले एमबीबीएस, प्रमाणपत्र तह नर्सिङले बीएस्सी नर्सिङ, डेन्टल प्रमाणपत्र तहले बीडीएस तथा आईएस्सी कृषिले बीएस्सी कृषि अध्ययन गर्न पाउनर्ुपर्ने बताए। ँहामीमाथि विभेद भएको छ’, उनले नेपाल समाचारपत्रस“ग भने- ँसमस्या समाधान नभएसम्म आन्दोलन जारी रहनेछ।’
सीर्टर्ीइभीटीअर्न्तर्गत देशभर रहेका झन्डै ७५ इन्स्िटच्युटमा करिब ९ हजार विद्यार्थी नौ दिनदेखि अँन्दोलित छन्। सरकारले २०५६ सालपछि सीर्टर्ीइभीटीअर्न्तर्गतका हेल्थ एसिस्टेन्ट तथा नर्सिङहरूले एमबीबीएस अध्ययन गर्न नपाउने व्यवस्था गरेको थियो।
शिक्षा मन्त्रालयले भने मेडिकल काउन्सिल तथा अन्तराष्ट्रिय क्षेत्रले मान्यता नदिने भएकाले २०५६ पछि सीर्टीइभीटीअर्न्तर्गतकालाई एमबीबीएस अध्ययन बन्द गराइएको जनाएको छ। मन्त्रालयका अधिकारीहरूले १५ गतेभित्र यसबारे निर्ण्र्य गरिने बताए। म अनि मेरो नेपाल उस्तै उस्तै हो । |