| उपचारका लागि याचना -
23-07-2006, 08:00 PM
उपचारका लागि याचना
काठमाडौं, -नेस)। आफ्नी श्रीमतीको मुटुको भल्ब फर्ेर्नै पर्ने सल्लाह चिकित्सकले दिएपछि खर्चको अभावमा काठमाडौं नया बानेश्वरमा डेरा गरी बस्ने टीकाप्रसाद पोखरेल दिनमा भोक न रातमा निंदको अवस्थामा पुगेका छन्।
उनकी ३० वषर्ीया श्रीमती गोमाकुमारी पोखरेलको मुटुका दुइ वटा भल्ब साउन महिनाभित्र फर्ेर्नुपर्ने सल्लाह गङ्गालाल हृदयरोग केन्द्रका चिकित्सकले दिएपछि काठमाडौंमा मजदुरी गरेर बसेका पोखरेल परिवार विपत्तिमा परेको हो। उनको मुटुको भल्ब फर्ेनका लागि ३ लाख रुपिया आवश्यक पर्ने चिकित्सकहरूले बताएपछि उदयपुर जिल्लाको ठानागाउ-४ बाट काठमाडौंमा आई बसोबास गरिरहेका पोखरेल अहिले सहयोगी दाता र संघसंस्थाको खोजीमा लागेका छन्। ँएकै पटक एक लाख रुपिया पनि नदेखेको मजस्तो मान्छेले कसरी त्यत्रो रकम जुटाएर श्रीमतीको उपचार गराउन सकूला, -उनले चिन्तित र दुःख मिश्रति स्वरमा भने।
दश वर्षघिदेखि शिक्षण अस्पताल महाराजगन्ज र गङ्गालाल हृदयरोग केन्द्रमा उपचार गर्दागर्दै भएभरको सम्पत्ति सकिएको तथा अपुग रकम आफ्ना चिनजान र इष्टमित्रबाट सरसापट र ऋण लिएको अवस्थामा अहिले उक्त शल्यक्रिया गर्नका लागि आवश्यक रकम आफूसग नरहेको जनाउदै उनले भनेे, ँतीन वर्षहिले नै शल्यक्रिया गर्नुपर्ने सल्लाह चिकित्सकहरूले दिए पनि साथमा आवश्यक रकम नभएकाले गर्न सकिएन, अहिले जसरी पनि गर्नुपर्छ नभए बिरामी जे पनि हुन सक्ने चेतावनी चिकित्सकहरूले दिएका छन्।
एउटा छोरालाई जसोतसो गरेर पढाउदै आए पनि आमा बेलाबेलामा मूर्च्छा पर्ने र कुनै काम गर्न नसक्ने भएपछि उसको पढाइमा समेत असर परेको उनले बताए। छोराको पढाइ राम्रो छ, तर आमाको स्याहारमा ऊ आफै लाग्नर्ुपर्ने र आफू काम छाडेर घरमा बस्न नसक्ने अवस्थाका कारण समस्या झन् थपिएको उनले बताए।
ँकुनै दाता वा संघसंस्थाले श्रीमतीको उपचारका लागि सहयोग गरिदिए आफू र आफ्नो परिवारको उद्धार हुने थियो अहिले आफ्नी श्रीमतीको उपचारका लागि सहयोग गरिदिन गाविसले लेखिदिएको सिफारिसपत्र लिएर हारगुहार गर्दै उदारमना दाता वा संघसंस्थाको खोजीमा लागेका छन्। सहयोगी र दाताहरूलाई राष्ट्रिय वाणिज्य बैंक बानेश्वर शाखाको बचत खाता नं. ३१३३२ वा ९८४१५२५३२७ मा सर्म्पर्क राख्न पनि उनले आग्रह गरेका छन्। Angel xenoMED | NDR Nothing brings me more happiness than helping people in the society. It is a goal and an essential part of my life - a kind of destiny. |