नक्कली डाक्टरले ज्यान जोखिममा
टिकाराम ँनेति, दमक, झापा
दमक बसपार्ककी सीता सिटौलालाई सेतो मछडले टोक्यो, त्यसपछि उनी इन्सेलाइटिस रोगले आक्रान्त भइन्। सीतालाई के भएको परिवारलाई पत्तै भएन। उपचारका लागि सिटौला परिवारले नजिकैको जयदुगा मेडिकलमा सञ्चालित र्साई डायग्नोस्टिक तथा मातृ शिशु स्वास्थ्य क्लिनिकमा पुर्*याए। डाक्टर बीपी कर्ण्र्ाा भएभरको पैसा खर्च गराएर रगत परीक्षण, भिडियो एक्सरेलगायत गर्राई सीतालाई केही नभएको बताउदै आराम लिन सल्लाह दिए।
तर सीता जीवनमरणको दोसाधमा छटपटाउन थालिन्। एम्बुलेन्सबाट बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगियो र त्यहा इन्सेलाइटिस भएको खुल्यो। आइसीयूमा अक्सिजन दिएर राखेको तीन दिनपछि सीतालाई भारतको सिलीगुढी ँरिफर गरियो। सीताका श्रीमान् गंगा सिटौलाका अनुसार धरान पुर्*याउन केही मिनेट मात्र ढिला भएको भए सीताले सदाका लागि विश्राम लिने डाक्टरले बताए। उनले भने- ँयस्ता डाक्टरलाई कुनै पनि हालतमा कारबाही हुनुपर्छ।
डा. कर्ण्र्ााेमा उपचारका लागि पुग्ने गरेका सयौं महिलाको अवस्था सीताको भन्दा कम हुने गरेको छैन। नजिकैकी सरु मिश्र र माईघाटकी गोमा पराजुलीको समेत डा. कर्ण्र्ाा हजारौं रुपिया खर्च गराए पनि उपचार भने गर्न नसकेको पीडितहरू बताउछन्।
कर्ण्र्ाा दमकमा अल्ट्रासाउन्ड गर्ने र जाच गर्ने गरेका छन्। तर कर्ण्र्ााई अल्ट्रासाउन्ड र सोसग सम्बन्धित बिरामी जाच गर्ने इजाजत तथा योग्यता नभएको खुल्न आएको छ। कर्ण्र्ाा त्रिविबाट एमबीबीएस मात्र गरेका छन् तर उनले अल्ट्रासोनोलोजिस्ट लेखेर र सोसम्बन्धी जाच गरी नाजायज फाइदा लिइरहेको अन्य डाक्टरहरूले पनि बताएका छन्। मेची अञ्चल अस्पतालका रेडियोलोजिस्ट डाक्टर नित्य खनालले भन्नुभयो- ँआनो योग्यता, दक्षता र अधिकारभन्दा बाहिर गएर उपचार गरिरहनुभएको छ।
दमक पर्ूण्ा बसस्टेन्ड छेउ मेरी स्टोप्स क्लिनिकसगै निजी क्लिनिक खोलेर बसेका कर्ण्र्ाा आफूले गल्ती गरेको स्वीकार गर्दै बंगलादेशबाट अल्ट्रासाउन्ड -भिडियो एक्सरे) सम्बन्धी छ महिना तालिम मात्र लिएको बताएका छन्। तर उनको तालिम प्रमाणपत्र विनाछापको र दर्ता नम्बर हस्तलिखित छ। प्रमाणपत्र नम्बर ३ सय ४१ छ।
समाचार नलेख्न धम्की
यसैबीच डा. कर्ण्र्ाा विषयमा थप जानकारी लिन त्यहा पुगेका झापा समाचारदातालाई सरोकारविहीन युवाले धम्क्याएका छन्। धरमपुर घर बताउने धु्रव श्रेष्ठले आफूहरूसहित माओवादीले छानबिन गरिरहेको बताउदै नबुझी नलेख्न र लेखे परिणाम राम्रो नहुने चेतावनी दिएका थिए।