You are Unregistered, please register to gain Full access.    

New cases in Pous 2064, HIV = 175, AIDS = 26, Death = 2. HIV rate is very high in Housewives than sex workers in Nepal ! ! ! HIV status in Nepal till 2005: Total Adult=70000, Adult Prevalence (15-49)=0.55%, Number of Women (15-49) LWHA=15,310 (22%), HIV Prevalence rate in IDUs=32.7%, HIV prevalence rate in sex worker=3.8%, HIV prevalence rate in client of SW=2.1%. The latest U.N. report shows that 65 million people have been infected with HIV since it was first identified 25 years ago. Twenty five million people have died of AIDS.

Welcome to the xenoMED, an online Medical Community where Academically sound, Professionally conscious and Socially responsible Medical Students, Doctors & Health Professionals interact with each other globally.

Medicine is the only profession that incessantly tries to destroy its own existence. Howsoever you may be associated with basic and/or clinical medicine - student or professor, physician or surgeon, undergraduate or postgraduate - this is your place to share your knowledge, and learn more. Just get the message across!

You are currently viewing our communiy as a guest which gives you limited access to view most discussions and access our other features. By joining our free community you will have access to post topics, communicate privately with other members (PM), respond to polls, upload content and access many other special features. Registration is fast, simple and absolutely free so please, Join Our Medical Cummunity Today!

If you have any problems with the registration process or your account login, please contact us.
Go Back   xenoMED > News Room > Nepal Health News
Nepal Health News Exclusive Coverage on Nepalese Health News

Reply
 
LinkBack Thread Tools Search this Thread Display Modes
(#1 (permalink))
Old
SPRimal is Offline
Senior Member
 
Images: 30
Blog Entries: 5
Thanks: 0
Thanked 190 Times in 178 Posts
Thumbs up चिकित्सक गाउ“ पठाउने उपाय - 08-04-2007, 08:03 AM

चिकित्सक गाउ“ पठाउने उपाय



डा. अर्जुन कार्की


चिकित्सा क्षेत्रमा पचास वर्षघिको स्थितिस“ग दा“ज्ने हो भने उल्लेखनीय उपलब्धि भएको छ । तर गाउ“ र सहरमा उपलब्ध स्वास्थ्यसेवामा तीव्र विभेद कायमै छ । अहिले सहरमा पहिलो जन्मोत्सव मनाउन नपाउ“दै प्रतिहजार ६० जना बच्चाको ज्यान जान्छ त गाउ“मा त्यसको दोब्बरभन्दा बढी १ सय ३२ जनाको । मानवीय दृष्टिले यो विभेद उचित छैन । यसले एउटै देशका नागरिकलाई दर्ुइ प्रकारको सुविधा उपलब्ध भएको स्पष्ट पार्छ । नेपाली त हुन् तर गाउ“मा जन्मेकै हुनाले पीडित भएर बस्नुपर्ने, अकालमा जीवन गुमाउनुपर्ने स्थिति छ ।
चिकित्सक-बिरामी अनुपात हर्ेर्ने हो भने गाउ“ र सहरमा ठूलो विभेद छ । काठमाडौंमा चिकित्सक-बिरामी अनुपात १ः८५० छ भने पहाड र हिमालमा एकजना चिकित्सकका लागि ३० हजार बिरामी पर्छन् । यसले काठमाडौंको भन्दा गाउ“को स्थिति ३० गुणाले कमजोर देखाउ“छ । मातृ मृत्युदरमा पनि सहर र गाउ“मा चर्को विभेद छ । गाउ“मा हजारौंले जन्मदै टुहुरो हुनर्ुपर्छ, जुन कल्पना गर्दा अति कष्टकर छ । स्वास्थ्य सुविधाका अभावमा त्यस्तो जीवन बिताउने अवस्था आइपर्नु मानवीयरूपले अस्वीकार्य छ ।

यस्ता विभेदकारी नीति र क्रियाकलापका जरा त्यसै राखिरहने हो भने विद्यमान विभेद जस्ताको तस्तै रहन्छ र अर्को द्वन्द्वको सुरुवात हुनसक्छ । सामूहिक स्वास्थ्यका लागि विभेदकारी नीति कायम राखिरहनुहुन्न । स्वास्थ्य क्षेत्रमा राष्ट्रिय आत्मनिर्भरता हुनर्ुपर्छ । त्यसका लागि राष्ट्रिय प्रणाली सुदृढ हुन दिनर्ुपर्छ । त्यसो गर्न मुख्यतः भावी पिंढीले यही“ सिक्न पाउ“दा संस्थागत विकास हुन्छ ।

स्वास्थ्य क्षेत्रमा अहिले दर्ुइ खालको चुनौती छ । पहिलो, जटिल वा अप्ठ्यारो समस्या आयो भने हामीस“ग विश्लेषण गरेर उपचार गर्नसक्ने राष्ट्रिय क्षमतामा ठूलो समस्या छ । भारत, बैंकक पठाउनुपर्ने स्थिति छ । यसले चिकित्सकमा लघुताभास पैदा गर्छ । राष्ट्रिय आत्मग्लानिमा चर्ुर्लुम्म डुबेर बस्नुपर्ने परिस्थिति छ । दोस्रो, चिकित्सकमा जिल्ला या गाउ“ जान नचाहने मानसिकता विकास भएको छ ।

धनीहरू र राष्ट्रिय ढुकुटीमा पहु“च हुनेहरू जटिल समस्या आए भारत, बैंकक, अमेरिका जान पाउ“छन् । यस्तो प्रचलनले राष्ट्रिय ढुकुटी खेर गइरहेको छ । तल्लो वर्गको त त्यसरी बाहिर जाने हैसियत पुग्दैन । बाहिर जाने प्रवृत्तिले राष्ट्रिय रकममात्र होइन, नेपाली युवा चिकित्सकले जटिल रोग आए यसरी चिनि“दोरहेछ भन्ने अनुभव प्राप्त गर्ने अवसर र माध्यमबाट वञ्चित भइरहेका छन् । भविष्यमा पनि उनीहरूले रोग चिन्ने र निदान गर्ने हैसियत बनेन, उनीहरूले नया“ पुस्तालाई सिकाउन पनि सक्दैनन् । त्यसैले मुलुकमा एउटा विशेषज्ञ स्तरको रोग निदान केन्द्र आवश्यक छ ।

अर्कोतिर गाउ“मा स्वास्थ्यसेवा पुर्*याउनुपर्ने चुनौती छ । गाउ“मा स्वास्थ्यसेवा प्रभावकारी नहुनुमा केही नीतिगत समस्या छन् । पर्ूवाधार छैनन् । स्वास्थ्यकर्मीमा जिल्लामा गएर काम गर्न नपरे हुन्थ्यो भन्ने मानसिकता छ । किन जान चाहन्नन् - जिल्लामा जा“दा खासगरी छोराछोरीको राम्रो विद्यालय नहुने सम्भावना रहने भएकाले श्रीमती र छोराछोरीस“ग बिछोडिएर बस्नुपर्ने हुनसक्छ । पछिल्लो समयमा सुरक्ष्ँा पनि समस्या भएको थियो । त्यस्तै ठूलठूलो अस्पतालमा काम गर्दा अग्रजको छत्रछायामा सुरक्षित महसुस हुन्छ, बाहिर जा“दा टुहुरो अनुभव हुनसक्छ । ठूलाठूला अस्पतालमा नियमित छलफल चल्छन्, तिनबाट टाढा भइन्छ । बाहिर जिल्लामा कम आयआर्जन गर्न सकिन्छ, सहरमा जस्तो दसतिर काम गर्न सकिन्न । उदाहरणका लागि मुगु जा“दा पढेको पनि बिर्सने परिस्थिति हुने भो' । छात्रवृत्ति र वृत्तिविकासका मौका काठमाडौं र वरपरकालाई पहिले प्राप्त हुने भो' । मुगुमा खबर पुग्दै समय लाग्छ । यीलगायतका अन्य कतिपय कारणले गाउ“ जान नचाहने प्रवृत्ति छ ।

कठिन परिस्थितिमा सहर्षकाम गर्नसक्ने मानवस्रोत तयार पार्नसके सहर नछोड्ने मानसिकतामा परिवर्तन आउन सक्छ । चिकित्सक बन्न चाहनेलाई, मेडिकल कलेजबाट तिमीले जे सिक्यौ, त्यो पैसा तिरेको कारणमात्र पाएका होइनौ, समाजको ठूलो मद्दत छ भनेर बुझाउन सक्नुपर्*यो । उदाहरणका लागि गुरु डाक्टरको उपस्थितिमा सिकारुका अगाडि समाजका जुनसुकै सदस्य -महिला या पुरुष) नांगै हुनसमेत तयार हुन्छन् । ज्ञान प्राप्त गर्ने चरणमा समाजले लगाएको त्यस्तो अमूल्य गुण तिर भनेर भावी पुस्तालाई सिकाउनुपर्*यो । त्यस्तो मान्यता र अवधारणालाई डाक्टरको मनमा बलियोस“ग पारिदिनुपर्*यो । कठिन परिस्थितिको सामना गर्नेसम्बन्धी शिक्ष्ँा नदिइने गरेकाले सुविधा कम भएको ठाउ“मा जा“दै नजाने, गए पनि नैराश्यतापर्ूवक बस्ने, यस्तो परिस्थितिमा परिवर्तन नभई स्वास्थ्यसेवा प्रभावकारी हुन सक्दैन ।

०४६ मा पुनःस्थापित प्रजातन्त्रले तयार पारेको खुकुलो वातावरणपछि झन्डै एक दर्जन मेडिकल कलेज खुलेका छन् । त्यसअघि सरकारी लगानीको महाराजगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानले मात्र डाक्टर उत्पादन गरिरहेको थियो । अहिले स्वदेशी र विदेशी लगानीमा चलिरहेका मेडिकल कलेजबाट बर्सर्ेे पा“च सय हाराहारीको संख्यामा नेपाली चिकित्सक तयार हुने गरेका छन् । शिक्षा मन्त्रालयका अनुसार तीमध्ये करिब डेढ सय छात्रवृत्तिमा पढ्ने मौका पाएकाहरू छन् ।

ठूलो संख्यामा तयार भए ठूलै संख्यामा डाक्टर विदेश पलायन हुने चलन बढ्दो छ । डाक्टरको ध्याउन्न कसरी सहरमा टिक्ने, कसरी पैसा धेरै कमाउने र कसरी विदेश मुख्यतः बेलायत, अमेरिका पुग्ने भन्नेजस्तो देखिन्छ ।

एक अनुमानअनुसार हरेक वर्षकरिब २ सय ५० नेपाली चिकित्सक विदेश पलायन हुने गरेका छन् । मुलुकबाहिर जा“दा कतै खबर गर्नु नपर्ने र कतै त्यस्तो तथ्यांक नराखिने गरेकाले कति डाक्टर विदेशिने गरेका छन् भन्ने कसैले बताउन सक्दैन । युवाबीच चिकित्सा स्नातक

-एमबीबीएस) गरेपछि सीधै अमेरिका, बेलायत जाने प्रक्रिया स्वतः सुरु हुने प्रवृत्ति बढेको छ ।

अब हामीले त्यस्तो चिकित्सक पैदा गर्नुपर्*यो, जोस“ग व्यावसायिक कुशलतास“गै मानवीय दृष्टिकोण, असल सेवा गर्ने भावना र कर्तव्यपरायणता होस् । त्यस्तो चिकित्सक तयार पार्न संस्थागत प्रयोग गर्नुपर्छ भन्ने सोच राखेर एउटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा अघि सारिएको छ । स्वास्थ्य विज्ञान पाटन विश्वविद्यालय नाम राखिएको यो विश्वविद्यालयले व्यक्तिलाई आत्मनिर्भर डाक्टर बनाउने, जानेबुझेको ज्ञान हस्तान्तरण गर्ने र सबै खाले रोगको निदान हुने केन्द्रका रूपमा विकास गर्ने सोच छ ।

एउटा डाक्टरले जीवनको जम्मा दर्ुइ-तीन वर्षजहा“का जनतालाई बढी दुःख परेको छ, त्यहीं जान स्वस्फर्ूत र सहर्षतयार बनोस् भन्ने विश्वविद्यालयको मूल उद्देश्य भएकाले यो विश्वविद्यालयबाट पढाइ सिध्याउने विद्यार्थी अनिवार्य गाउ“ जानुपर्ने र्सत राखिनेछ । चिकित्सा विधा सुरुवातदेखि सेवामा आधारित थियो । करिब २ हजार वर्षघि आधुनिक चिकित्सा विज्ञानका पिता मानिने ग्रिसका डाक्टर हिप्पोक्रेट्सले त्यस्तै विचार फैलाएका थिए ।

उनको संसारप्रसिद्ध सपथमा भनिन्छ- 'मेरो क्षमता र जजमेन्टले भ्याएसम्म बिरामीको फाइदाका लागि काम गर्नेछु । कसैलाई घातक औषधि दिने छैन । भ्रष्टाचारबाट टाढा रहनेछु । महिला, पुरुष, सेवक कसैलाई -यौन) दर्ुर्व्यवहार गर्ने छैन । मलाई चिकित्साकला सिकाउनेलाई मातापिताझैं मान्नेछु । आवश्यक परे मेरो ज्ञान उनीस“ग साझा गर्नेछु । उनका सन्तानलाई आफ्नै भाइसरह व्यवहार गर्दै उनीहरू र यो कला सिक्न चाहने अरूलाई यथासम्भव उपाय प्रयोग गर्दै निःशुल्क सिकाउनेछु ।'

विद्या सेवाका लागि प्रयोग गर्नुपर्छ भन्ने भावनामा क्रमिक ह्रास हु“दै गयो । मानिस पैसाद्वारा प्रभावित भए । विकृति बढेर गयो । अझै पनि समाजले डाक्टरलाई सर्त्कर्म गर्ने र सद्भावपर्ूण्ा मानिसका रूपमा हर्ेछ । एउटा डाक्टरलाई कसरी त्यस्तो व्यक्ति बनाउने भन्नेबारे धेरै चिन्ता गरिएको पाइन्न ।

त्यसैले करिब तीन वर्षेखि एउटा मेडिकल कलेजको परिकल्पना गरि“दै आइएको थियो । कलेज खोल्दा कुनै विश्वविद्यालयको सम्बन्धन लिनुपर्ने र विश्वविद्यालयले तोकेका मापदण्डबमोजिम पाठ्यक्रम निश्चित गर्नुपर्ने हु“दा पछि विश्वविद्यालय खोल्नेतर्फपहल हु“दै आएको हो । जहा“ चिकित्साकला सिक्न चाहनेलाई चिकित्सा विज्ञानका ज्ञानस“गै समाजको योगदानबारे गहिरोस“ग बुझाउने प्रयत्न गरिनेछ ।

अहिले पाठ्यक्रम तयार हुने क्रममा छ । त्यस्तो किसिमको पाठ्यक्रम पढाउन दक्ष मानवस्रोत आवश्यक छ । विशेषज्ञताका हिसाबले अरू देशको पनि सहयोग लिएका छौं । सहयोगका लागि अन्तर्रर्ााट्रय परामर्श समिति भनेर अन्तर्रर्ााट्रय सञ्जालसमेत बनेको छ ।

सुरुमा एमबीबीएसमात्र उत्पादन गर्ने सोच छ । पछि अन्य स्वास्थ्यकर्मी पनि उत्पादन हुनेछन् । अहिले पाटन अस्पताललाई आधार बनाएर सुरुवात हुनेछ । एक विद्यार्थी बराबर सात शय्या चाहिने मेडिकल काउन्सिलको नियम छ । पाटन अस्पतालमा अहिले ३ सय २० शय्या छन् । एक वर्षभत्रै त्यो ४ सय ६० पुग्नेछ । सुरुमा ५० मात्र विद्यार्थी भर्ना गरिनेछ । तिनले अनिवार्यरूपमा कम्तीमा दर्ुइ वर्षगाउ“मा गएर सेवा गर्नु पर्नेछ । नेपालमा नौलो भए पनि भारतको प्रसिद्ध भेलोर विश्वविद्यालयलगायत एसियाली मुलुक इन्डोनेसिया र थाइल्यान्डमा पनि विद्यार्थी चिकित्सक बन्नेबित्तिकै अनिवार्य गाउ“मा सेवा गर्न जानुपर्ने प्रचलन छ । त्यस्तै चिकित्सास“गै नैतिक/सामाजिक शिक्ष्ँासहितका पाठ्यक्रम पनि संसारका कतिपय मेडिकल कलेजमा प्रयोग हु“दै आएको छ ।

सरकारले नया“ विश्वविद्यालय खोल्न अनुमति र सुरुमा केही रकम उपलब्ध गराइदियो भने तत्काल सुरु गर्न सकिन्छ । सुरुको रकम शिक्षकलाई पैसा तिर्न, उपकरण, इन्टरनेट, कम्प्युटर सुविधा दिलाउन र पुस्तक किन्न आवश्यक छ ।

-लेखक प्रस्तावित स्वास्थ्य विज्ञान पाटन विश्वविद्यालय सञ्चालन समितिका सचिव हुन् ।)

प्रस्तुति ः रमा पराजुली



ki kaso????


छेऊमा पाए घचेट्ने कुनोमा पाए अँचेट्ने कहिल्यै नगर्नू

Last edited by Admin; 08-04-2007 at 09:37 AM.
Reply With Quote
(#2 (permalink))
Old
pratyush is Offline
New Member
 
Thanks: 0
Thanked 3 Times in 3 Posts
Thumbs up Re: चिकित्सक गाउ“ पठाउने उपाय - 08-04-2007, 07:57 PM

Very inspiring article.
Quite different from what we got to read in the past.
Best wishes to Dr. Arjun Karki and Patan hospital.
Reply With Quote
Reply


Thread Tools Search this Thread
Search this Thread:

Advanced Search
Display Modes

Posting Rules
You may not post new threads
You may not post replies
You may not post attachments
You may not edit your posts

BB code is On
Smilies are On
[IMG] code is On
HTML code is Off
Trackbacks are On
Pingbacks are On
Refbacks are On




Powered by vBulletin® Version 3.7.3
Copyright ©2000 - 2008, Jelsoft Enterprises Ltd.
Content Relevant URLs by vBSEO 3.1.0
vBulletin Skin developed by: vBStyles.com
Copyright © 2005-2007 xenoMED, Kathmandu, Nepal
Hosted and Maintained by: