चिकित्सक गाउ“ पठाउने उपाय
डा. अर्जुन कार्की
चिकित्सा क्षेत्रमा पचास वर्षघिको स्थितिस“ग दा“ज्ने हो भने उल्लेखनीय उपलब्धि भएको छ । तर गाउ“ र सहरमा उपलब्ध स्वास्थ्यसेवामा तीव्र विभेद कायमै छ । अहिले सहरमा पहिलो जन्मोत्सव मनाउन नपाउ“दै प्रतिहजार ६० जना बच्चाको ज्यान जान्छ त गाउ“मा त्यसको दोब्बरभन्दा बढी १ सय ३२ जनाको । मानवीय दृष्टिले यो विभेद उचित छैन । यसले एउटै देशका नागरिकलाई दर्ुइ प्रकारको सुविधा उपलब्ध भएको स्पष्ट पार्छ । नेपाली त हुन् तर गाउ“मा जन्मेकै हुनाले पीडित भएर बस्नुपर्ने, अकालमा जीवन गुमाउनुपर्ने स्थिति छ ।
चिकित्सक-बिरामी अनुपात हर्ेर्ने हो भने गाउ“ र सहरमा ठूलो विभेद छ । काठमाडौंमा चिकित्सक-बिरामी अनुपात १ः८५० छ भने पहाड र हिमालमा एकजना चिकित्सकका लागि ३० हजार बिरामी पर्छन् । यसले काठमाडौंको भन्दा गाउ“को स्थिति ३० गुणाले कमजोर देखाउ“छ । मातृ मृत्युदरमा पनि सहर र गाउ“मा चर्को विभेद छ । गाउ“मा हजारौंले जन्मदै टुहुरो हुनर्ुपर्छ, जुन कल्पना गर्दा अति कष्टकर छ । स्वास्थ्य सुविधाका अभावमा त्यस्तो जीवन बिताउने अवस्था आइपर्नु मानवीयरूपले अस्वीकार्य छ ।
यस्ता विभेदकारी नीति र क्रियाकलापका जरा त्यसै राखिरहने हो भने विद्यमान विभेद जस्ताको तस्तै रहन्छ र अर्को द्वन्द्वको सुरुवात हुनसक्छ । सामूहिक स्वास्थ्यका लागि विभेदकारी नीति कायम राखिरहनुहुन्न । स्वास्थ्य क्षेत्रमा राष्ट्रिय आत्मनिर्भरता हुनर्ुपर्छ । त्यसका लागि राष्ट्रिय प्रणाली सुदृढ हुन दिनर्ुपर्छ । त्यसो गर्न मुख्यतः भावी पिंढीले यही“ सिक्न पाउ“दा संस्थागत विकास हुन्छ ।
स्वास्थ्य क्षेत्रमा अहिले दर्ुइ खालको चुनौती छ । पहिलो, जटिल वा अप्ठ्यारो समस्या आयो भने हामीस“ग विश्लेषण गरेर उपचार गर्नसक्ने राष्ट्रिय क्षमतामा ठूलो समस्या छ । भारत, बैंकक पठाउनुपर्ने स्थिति छ । यसले चिकित्सकमा लघुताभास पैदा गर्छ । राष्ट्रिय आत्मग्लानिमा चर्ुर्लुम्म डुबेर बस्नुपर्ने परिस्थिति छ । दोस्रो, चिकित्सकमा जिल्ला या गाउ“ जान नचाहने मानसिकता विकास भएको छ ।
धनीहरू र राष्ट्रिय ढुकुटीमा पहु“च हुनेहरू जटिल समस्या आए भारत, बैंकक, अमेरिका जान पाउ“छन् । यस्तो प्रचलनले राष्ट्रिय ढुकुटी खेर गइरहेको छ । तल्लो वर्गको त त्यसरी बाहिर जाने हैसियत पुग्दैन । बाहिर जाने प्रवृत्तिले राष्ट्रिय रकममात्र होइन, नेपाली युवा चिकित्सकले जटिल रोग आए यसरी चिनि“दोरहेछ भन्ने अनुभव प्राप्त गर्ने अवसर र माध्यमबाट वञ्चित भइरहेका छन् । भविष्यमा पनि उनीहरूले रोग चिन्ने र निदान गर्ने हैसियत बनेन, उनीहरूले नया“ पुस्तालाई सिकाउन पनि सक्दैनन् । त्यसैले मुलुकमा एउटा विशेषज्ञ स्तरको रोग निदान केन्द्र आवश्यक छ ।
अर्कोतिर गाउ“मा स्वास्थ्यसेवा पुर्*याउनुपर्ने चुनौती छ । गाउ“मा स्वास्थ्यसेवा प्रभावकारी नहुनुमा केही नीतिगत समस्या छन् । पर्ूवाधार छैनन् । स्वास्थ्यकर्मीमा जिल्लामा गएर काम गर्न नपरे हुन्थ्यो भन्ने मानसिकता छ । किन जान चाहन्नन् - जिल्लामा जा“दा खासगरी छोराछोरीको राम्रो विद्यालय नहुने सम्भावना रहने भएकाले श्रीमती र छोराछोरीस“ग बिछोडिएर बस्नुपर्ने हुनसक्छ । पछिल्लो समयमा सुरक्ष्ँा पनि समस्या भएको थियो । त्यस्तै ठूलठूलो अस्पतालमा काम गर्दा अग्रजको छत्रछायामा सुरक्षित महसुस हुन्छ, बाहिर जा“दा टुहुरो अनुभव हुनसक्छ । ठूलाठूला अस्पतालमा नियमित छलफल चल्छन्, तिनबाट टाढा भइन्छ । बाहिर जिल्लामा कम आयआर्जन गर्न सकिन्छ, सहरमा जस्तो दसतिर काम गर्न सकिन्न । उदाहरणका लागि मुगु जा“दा पढेको पनि बिर्सने परिस्थिति हुने भो' । छात्रवृत्ति र वृत्तिविकासका मौका काठमाडौं र वरपरकालाई पहिले प्राप्त हुने भो' । मुगुमा खबर पुग्दै समय लाग्छ । यीलगायतका अन्य कतिपय कारणले गाउ“ जान नचाहने प्रवृत्ति छ ।
कठिन परिस्थितिमा सहर्षकाम गर्नसक्ने मानवस्रोत तयार पार्नसके सहर नछोड्ने मानसिकतामा परिवर्तन आउन सक्छ । चिकित्सक बन्न चाहनेलाई, मेडिकल कलेजबाट तिमीले जे सिक्यौ, त्यो पैसा तिरेको कारणमात्र पाएका होइनौ, समाजको ठूलो मद्दत छ भनेर बुझाउन सक्नुपर्*यो । उदाहरणका लागि गुरु डाक्टरको उपस्थितिमा सिकारुका अगाडि समाजका जुनसुकै सदस्य -महिला या पुरुष) नांगै हुनसमेत तयार हुन्छन् । ज्ञान प्राप्त गर्ने चरणमा समाजले लगाएको त्यस्तो अमूल्य गुण तिर भनेर भावी पुस्तालाई सिकाउनुपर्*यो । त्यस्तो मान्यता र अवधारणालाई डाक्टरको मनमा बलियोस“ग पारिदिनुपर्*यो । कठिन परिस्थितिको सामना गर्नेसम्बन्धी शिक्ष्ँा नदिइने गरेकाले सुविधा कम भएको ठाउ“मा जा“दै नजाने, गए पनि नैराश्यतापर्ूवक बस्ने, यस्तो परिस्थितिमा परिवर्तन नभई स्वास्थ्यसेवा प्रभावकारी हुन सक्दैन ।
०४६ मा पुनःस्थापित प्रजातन्त्रले तयार पारेको खुकुलो वातावरणपछि झन्डै एक दर्जन मेडिकल कलेज खुलेका छन् । त्यसअघि सरकारी लगानीको महाराजगन्जस्थित चिकित्साशास्त्र अध्ययन संस्थानले मात्र डाक्टर उत्पादन गरिरहेको थियो । अहिले स्वदेशी र विदेशी लगानीमा चलिरहेका मेडिकल कलेजबाट बर्सर्ेे पा“च सय हाराहारीको संख्यामा नेपाली चिकित्सक तयार हुने गरेका छन् । शिक्षा मन्त्रालयका अनुसार तीमध्ये करिब डेढ सय छात्रवृत्तिमा पढ्ने मौका पाएकाहरू छन् ।
ठूलो संख्यामा तयार भए ठूलै संख्यामा डाक्टर विदेश पलायन हुने चलन बढ्दो छ । डाक्टरको ध्याउन्न कसरी सहरमा टिक्ने, कसरी पैसा धेरै कमाउने र कसरी विदेश मुख्यतः बेलायत, अमेरिका पुग्ने भन्नेजस्तो देखिन्छ ।
एक अनुमानअनुसार हरेक वर्षकरिब २ सय ५० नेपाली चिकित्सक विदेश पलायन हुने गरेका छन् । मुलुकबाहिर जा“दा कतै खबर गर्नु नपर्ने र कतै त्यस्तो तथ्यांक नराखिने गरेकाले कति डाक्टर विदेशिने गरेका छन् भन्ने कसैले बताउन सक्दैन । युवाबीच चिकित्सा स्नातक
-एमबीबीएस) गरेपछि सीधै अमेरिका, बेलायत जाने प्रक्रिया स्वतः सुरु हुने प्रवृत्ति बढेको छ ।
अब हामीले त्यस्तो चिकित्सक पैदा गर्नुपर्*यो, जोस“ग व्यावसायिक कुशलतास“गै मानवीय दृष्टिकोण, असल सेवा गर्ने भावना र कर्तव्यपरायणता होस् । त्यस्तो चिकित्सक तयार पार्न संस्थागत प्रयोग गर्नुपर्छ भन्ने सोच राखेर एउटा स्वास्थ्य विज्ञान विश्वविद्यालयको अवधारणा अघि सारिएको छ । स्वास्थ्य विज्ञान पाटन विश्वविद्यालय नाम राखिएको यो विश्वविद्यालयले व्यक्तिलाई आत्मनिर्भर डाक्टर बनाउने, जानेबुझेको ज्ञान हस्तान्तरण गर्ने र सबै खाले रोगको निदान हुने केन्द्रका रूपमा विकास गर्ने सोच छ ।
एउटा डाक्टरले जीवनको जम्मा दर्ुइ-तीन वर्षजहा“का जनतालाई बढी दुःख परेको छ, त्यहीं जान स्वस्फर्ूत र सहर्षतयार बनोस् भन्ने विश्वविद्यालयको मूल उद्देश्य भएकाले यो विश्वविद्यालयबाट पढाइ सिध्याउने विद्यार्थी अनिवार्य गाउ“ जानुपर्ने र्सत राखिनेछ । चिकित्सा विधा सुरुवातदेखि सेवामा आधारित थियो । करिब २ हजार वर्षघि आधुनिक चिकित्सा विज्ञानका पिता मानिने ग्रिसका डाक्टर हिप्पोक्रेट्सले त्यस्तै विचार फैलाएका थिए ।
उनको संसारप्रसिद्ध सपथमा भनिन्छ- 'मेरो क्षमता र जजमेन्टले भ्याएसम्म बिरामीको फाइदाका लागि काम गर्नेछु । कसैलाई घातक औषधि दिने छैन । भ्रष्टाचारबाट टाढा रहनेछु । महिला, पुरुष, सेवक कसैलाई -यौन) दर्ुर्व्यवहार गर्ने छैन । मलाई चिकित्साकला सिकाउनेलाई मातापिताझैं मान्नेछु । आवश्यक परे मेरो ज्ञान उनीस“ग साझा गर्नेछु । उनका सन्तानलाई आफ्नै भाइसरह व्यवहार गर्दै उनीहरू र यो कला सिक्न चाहने अरूलाई यथासम्भव उपाय प्रयोग गर्दै निःशुल्क सिकाउनेछु ।'
विद्या सेवाका लागि प्रयोग गर्नुपर्छ भन्ने भावनामा क्रमिक ह्रास हु“दै गयो । मानिस पैसाद्वारा प्रभावित भए । विकृति बढेर गयो । अझै पनि समाजले डाक्टरलाई सर्त्कर्म गर्ने र सद्भावपर्ूण्ा मानिसका रूपमा हर्ेछ । एउटा डाक्टरलाई कसरी त्यस्तो व्यक्ति बनाउने भन्नेबारे धेरै चिन्ता गरिएको पाइन्न ।
त्यसैले करिब तीन वर्षेखि एउटा मेडिकल कलेजको परिकल्पना गरि“दै आइएको थियो । कलेज खोल्दा कुनै विश्वविद्यालयको सम्बन्धन लिनुपर्ने र विश्वविद्यालयले तोकेका मापदण्डबमोजिम पाठ्यक्रम निश्चित गर्नुपर्ने हु“दा पछि विश्वविद्यालय खोल्नेतर्फपहल हु“दै आएको हो । जहा“ चिकित्साकला सिक्न चाहनेलाई चिकित्सा विज्ञानका ज्ञानस“गै समाजको योगदानबारे गहिरोस“ग बुझाउने प्रयत्न गरिनेछ ।
अहिले पाठ्यक्रम तयार हुने क्रममा छ । त्यस्तो किसिमको पाठ्यक्रम पढाउन दक्ष मानवस्रोत आवश्यक छ । विशेषज्ञताका हिसाबले अरू देशको पनि सहयोग लिएका छौं । सहयोगका लागि अन्तर्रर्ााट्रय परामर्श समिति भनेर अन्तर्रर्ााट्रय सञ्जालसमेत बनेको छ ।
सुरुमा एमबीबीएसमात्र उत्पादन गर्ने सोच छ । पछि अन्य स्वास्थ्यकर्मी पनि उत्पादन हुनेछन् । अहिले पाटन अस्पताललाई आधार बनाएर सुरुवात हुनेछ । एक विद्यार्थी बराबर सात शय्या चाहिने मेडिकल काउन्सिलको नियम छ । पाटन अस्पतालमा अहिले ३ सय २० शय्या छन् । एक वर्षभत्रै त्यो ४ सय ६० पुग्नेछ । सुरुमा ५० मात्र विद्यार्थी भर्ना गरिनेछ । तिनले अनिवार्यरूपमा कम्तीमा दर्ुइ वर्षगाउ“मा गएर सेवा गर्नु पर्नेछ । नेपालमा नौलो भए पनि भारतको प्रसिद्ध भेलोर विश्वविद्यालयलगायत एसियाली मुलुक इन्डोनेसिया र थाइल्यान्डमा पनि विद्यार्थी चिकित्सक बन्नेबित्तिकै अनिवार्य गाउ“मा सेवा गर्न जानुपर्ने प्रचलन छ । त्यस्तै चिकित्सास“गै नैतिक/सामाजिक शिक्ष्ँासहितका पाठ्यक्रम पनि संसारका कतिपय मेडिकल कलेजमा प्रयोग हु“दै आएको छ ।
सरकारले नया“ विश्वविद्यालय खोल्न अनुमति र सुरुमा केही रकम उपलब्ध गराइदियो भने तत्काल सुरु गर्न सकिन्छ । सुरुको रकम शिक्षकलाई पैसा तिर्न, उपकरण, इन्टरनेट, कम्प्युटर सुविधा दिलाउन र पुस्तक किन्न आवश्यक छ ।
-लेखक प्रस्तावित स्वास्थ्य विज्ञान पाटन विश्वविद्यालय सञ्चालन समितिका सचिव हुन् ।)
प्रस्तुति ः
रमा पराजुली ki kaso????
