| दुइ वर्षा अन्ठाउन्न हजार गर्भपतन दुइ वर्षा अन्ठाउन्न हजार गर्भपतन
(gmt)
िनमेष रेग्मी
काठमाडौं
सरकारी अस्पतालहरूमै घोषित रूपमा तोकिएको मूल्यमा गर्भपतन सेवा शुरू भएपछि ठूलो संख्यामा महिलाहरूले यो सेवा लिएका छन्। सेवा शुरू भएको २६ महिनाको बीचमा ५९ हजार गर्भपतन भएको छ।
२०६० चैत ५ मा थापाथलीस्थित प्रसूतिगृहले वैधानिक रूपमा थालनी गरेको गर्भपतन सेवा अहिले ६९ जिल्लामा विस्तार भएको स्वास्थ्यसेवा विभागको परिवार स्वास्थ्य महाशाखाले जनाएको छ। यी जिल्लाका १ सय ३३ केन्द्र यस्तो सेवाका लागि सूचीकृत छन्। ती केन्द्रमा अहिलेसम्म ५८ हजार ७ सय ३१ गर्भपतन भइसकेको महाशाखाले जनाएको छ।
छोटो अवधिमा गर्भपतनका क्षेत्रमा देखिएको संख्याले कानुनी मान्यता पाउनुअघि लुकिछिपी हुने गर्भपतनको डरलाग्दो झल्को दिएको विज्ञहरू बताउ“छन्। २०५९ असोजमा गर्भपतनसम्बन्धी व्यवस्थालाई कानुनी मान्यता दिइएको थियो। ँहाम्रो समाजमा के यति धेरै गर्भपतन हुने गरेको थियो त-’ गर्भपतनको तथ्याड्ढ केलाउ“दै परिवार स्वास्थ्य महाशाखाका निर्देशक डा. पीयूषकुमार राजेन्द्रले प्रश्न गर्नुभयो- ँयसले नेपाली समाजको बनोट झल्कँएको छ। ’ लुकिछिपी हुने गर्भपतनको क्रम अझै पनि जारी नै रहेको यससम्बन्धी पछिल्ला अध्ययनहरूले पनि देखाएका छन्।
गर्भपतन सेवा उपलब्ध १ सय ३३ केन्द्रमध्ये ८१ सरकारी र ५२ गैरसरकारी तथा निजी क्षेत्रका क्लिनिक छन्। तोकिएको चिकित्सकले तोकिएको स्थानमा गर्भपतन सेवा निश्चित शुल्क लिएर सञ्चालन गर्न पाउ“छन्। यसका लागि महाशाखाले २ सय ६० डाक्टर र २ सय ६ नर्सलाई तालिम दिइसकेको निर्देशक डा. राजेन्द्रले नेपाल समाचारपत्रलाई जानकारी दिनुभयो।
सरकारी अस्पतालका अतिरिक्त नेपाल परिवार नियोजन संघ र मेरी स्टोप्सले आफना क्लिनिकहरूमार्फ यस्तो सेवा प्रदान गर्दै आएका छन्। यस्तो सेवा ९ सयदेखि १ हजार ५ सय शुल्कमा हुने गरेको पाइएको छ।
अनिच्छित गर्भधारण र असुरक्षित गर्भपतनले महिलाको स्वास्थ्य खतरामा परेको आवाज चर्काे रूपमा उठेपछि महिलाले तोकिएको शर्तभित्र खुला रूपमै गर्भपतन सेवा लिन पाउने कानुन ल्याइएको थियो। त्यसअर्न्तर्गत १६ वर्षपुगेका महिलाहरूले १२ हप्तासम्मको गर्भ स्वविवेकमै पतन गराउन सक्छन्। बलात्कार वा हाडनाता करणीबाट रहन गएको गर्भ १८ हप्तासम्म र गर्भवती महिलाको ज्यान गर्भको कारण जोखिममा रहे जुनसुकै बखत पतन गराउन सकिने व्यवस्था ऐनमा रहेको छ।
प्रजनन स्वास्थ्यलाई महिलाको अधिकारको रूपमा लि“दै सेवा लिनेको वैयक्तिक विवरण गोप्य राख्ने व्यवस्था गरिएको महाशाखाले जनाएको छ। यस्तो सेवा अवैध हुञ्जेल लुकिछिपी अक्षम र अदक्ष स्वास्थ्यकर्मीको शरणमा पुग्दा ठूलो धनराशि खर्च हुने र स्वास्थ्यको लागि पनि ठूलो जोखिम झेल्नुपर्ने अवस्थाबाट महिलाहरूले मुक्ति पाएको दाबी महिला अधिकारीवादीहरूले गर्दै आएका छन्।
अधिकांश गर्भपतन ८ हप्ताभन्दा कम समयमै भएको यससम्बन्धी तथ्याड्ढले देखाएको छ। गर्भपतन अत्यन्तै जटिल र संवेदनशील भएकाले तोकिएका ठाउ“मा मात्रै र्सवसाधारणले सेवा लिनर्ुपर्ने सल्लाह निर्देशक डा. राजेन्द्रले दिनुभयो। |  Article Tools | | |
 Featured Articles | | | | | |