| सुशील कोइरालाको शल्यक्रिया -
23-07-2006, 03:38 AM
सुशील कोइरालाको शल्यक्रिया
सेनाको गाडीको ठक्करबाट घाइते नेपाली काङ्ग्रेसका उपसभापति सुशील कोइरालाको शनिबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा गालाको भित्री भागको शल्यक्रिया गरियो ।
उहाँको शल्यक्रियामा डा. मोहनराज शर्मा र डा. चोपलाल भूषाल संलग्न हुनुहुन्थ्यो ।
उहाँको शरीरका अन्य कुनै भागमा गम्भीर समस्या नदेखिएकाले सम्भवतः आइतबार घर फर्कनुहुने अस्पतालका कार्यकारी निर्देशक डा. महेशप्रसाद खकुरेलले जानकारी दिनुभयो ।
उहाँसँगै दुर्घटनामा पर्नुभएका प्रधानमन्त्रीका स्वकीय सचिव दिवाकर गौतमको पनि सोही अस्पतालमा उपचार भइरहेको छ ।
शुक्रबार प्रधानमन्त्री निवास बालुवाटार जाने क्रममा गैरीधारमा नेपाली सेनाको गाडीले उहाँ चढ्नुभएको गाडीमा ठक्कर दिएपछि घाइते हुनुभएका कोइरालालाई उपचारका लागि सो अस्पतालमा भर्ना गरिएको थियो। Dr. Suvash Shrestha, Intern
Kathmandu Medical College
Last edited by Angel; 23-07-2006 at 06:38 AM.
Reason: Just the name of organization "Parewa News" only
|